बेक्स्ली नेपाली समाज यूकेले भव्य रुपमा वसन्त पञ्चमी मनायो
लन्डन । गत ६ फरवरी २०२२ को दिन बेक्स्ली नेपाली समाज यूकेले नेपाली भाषा कक्षा सञ्चालनका क्रममा आइतबारका दिन वसन्त पञ्चमी तथा सरस्वती पूजा स्कूलमा धुमधामले मनाएको छ। कोरोनाको कारणले रोकिएको नेपाली स्कूल नया स्कूल सत्रदेखि पूर्ण सञ्चालनमा आएको हो।
नेपाली भाषा लगायत विभिन्न नेपाल सम्बन्धी जानकारी दिने अनि यहाँका नानी बाबुहरुलाई नेपालक बारेमा परिचय गराउने तथा नेपाली समुदायमा बालबच्चाहरुलाई घुलमिल गराउने हेतुले यो कक्षा सञ्चालन गरिएको नेपाली कक्षाकी शिक्षिका अहिल्या कुवरले जानकारी गराईन् । विभिन्न समयमा पर्ने हाम्रो चाड पर्व तथा रितिरिवाजहरुलाई नयाँ पुस्तामा हस्तान्तर गर्ने र हामी नेपाली भनेका के हो,हाम्रो कला, साहित्य, धर्म संस्कृति भनेको यो हो भनेर बच्चालाई मात्र नभई अहिलेको युवालाई समेत जानकारी दिनुपर्ने अवस्था आई सकेको छ शिक्षिकाले व्यक्त गरिन् र यहीँ अनुरूपले सरस्वती पूजा पनि स्कूलमा मनाईएको हो । हारिस एकेडमी मा प्रत्येक आईतवार दिनको तीन बजेदेखि चार बजेसम्म सञ्चालन हुने नेपाली कक्षामा ३६ जाना बाल बच्चाहरु रहेका छन् ।अझ पनि घेरै बच्चाहरू पर्खाईको प्रतीक्षा सूचीमा छन् ।

कक्षा सन्ञ्चालन पछि अर्का शिक्षिका सरिता शर्मा ज्यूले ‘ओम्’ को उच्चारणवाट पूजा गर्नु सुरु गरिएको थियो । बच्चाहरुलाइ सरस्वती बन्दना गराएर सरस्वतीको फोटोमा फूलमाला प्रासाद चढाएर पूजा गरिएको थियो । बच्चाहरु अत्यन्तै हर्सित तथा उत्साहित थिए। पूजा कार्यक्रममा नेपाली कक्षा संयोजक समितिका सदस्यहरु दिपेन्द्र सिटौला, संयोजक विजेता गौतम, संस्थाका उपाध्यक्ष कमल गुरुङ लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । बेक्स्ली नेपाली समाजका अध्यक्ष आन्नद घरेलले स्वास्थ्य अवस्था ठिक नभएको जानकारी गराउदै कार्यक्रमको लागि शुभकामना सन्देश पठाएर उपस्थित जनाएका थिए ।



प्रतिकृया दिनुहोस्