April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साउथ इंग्ल्याण्ड प्रेस्टिज अवार्ड नेपाली युवा दम्पत्तिद्वारा सञ्चालित वेलिंग ग्रिनग्रोसरलाई

साउथ इंग्ल्याण्ड प्रेस्टिज अवार्ड नेपाली युवा दम्पत्तिद्वारा सञ्चालित वेलिंग ग्रिनग्रोसरलाई

लन्डन । बेलायतको कर्पोरेट लाइभ वायर द्वारा प्रदान गरिने प्रेस्टिज अवार्डका लागि साउथ इष्ट लन्डनको बेक्स्ली बरो अन्तरगत वेलिङमा नेपाली युवा दम्पत्ति विदित न्यौपाने र आरती पुडासैनीद्वारा सन्चालनमा रहेको वेलिंग ग्रीनग्रोसर वर्षको इण्डियन ग्रोसरी स्टोरका रुपमा छनोटमा परी सन् २०२१/२२ को विजेता घोषित भएको छ।

आफ्नो ग्रोसरी स्टोरको सेवा र सामाग्रीहरुको गुणस्तर, ग्राहकहरुको सन्तुष्टि र प्रतिक्रिया एवम् कोरोना माहामारीमा पनि आफ्ना ग्राहकहरुको घरदैलो मै पुगेर उनीहरुको आवश्यकताका खाद्य सामाग्रीहरु उपलव्ध गराएको सेवामुलक कार्यहरुलाई समेत आधार मानेर आफूहरुलाई छनोट गरिएको हुन सक्ने विश्वास व्यवसाय सन्चालकहरुको रहेको छ। सन् २०२० अप्रिल १६ मा वेलिंग पुलिसद्वारा प्रकाशित ‘वेलिंगका हिरोहरु’ शिर्षकको भिडियो क्लिपमा समेत वेलिंग ग्रिनग्रोसर परेको सन्दर्भ र साना व्यवसायहरुलाई प्रोत्साहित गर्ने हेतुले गरिने भ्रमणका लागि समेत आफ्नो ग्रोसरी स्टोर छनोटमा परी गत वर्ष सन् २०२१ नोभेम्बर १३ का दिन बेलायती अर्थमन्त्री ऋषि सुनकले स्टोरको भ्रमण गरी अभिरुचिका साथ अवलोकन र स्टोरको प्रसंशा गरेको सन्दर्भ पनि स्टोरका सन्चालकहरु स्मरण गर्दछन् ।

Advertisement

फाइल तस्वीर : गत वर्ष नोभेम्बरमा स्टोरको भ्रमण गर्दै बेलायती अर्थमन्त्री ऋषि सुनक ।

हाई स्ट्रिट स्टोरका साथै अनलाइन स्टोर मार्फत सुपथ मूल्यमा ग्राहकहरुलाई ताजा फलफूल तरकारी र ग्रोसरी जस्ता खाद्य सामाग्रीहरु उपलव्ध गराउने उद्देश्यले सञ्चालन गरेको वेलिङ ग्रीनग्रोसरले निरन्तर प्रगति गरिरहेको छ । वेलिंग ग्रिनग्रोसरले नेपाली र इन्डियनका साथै एफ्रो–क्यारेबियन ग्रोसरी फुड प्रोडक्टहरु र ताजा फलफूल तथा तरकारीको बिक्री व्यवसाय गर्दछ। प्राप्त अवार्ड र ख्याति एवम् प्राप्त अन्य प्रसंशाहरुले आफ्नो व्यवसाय सफलता तर्फ अग्रसर हुन थालेको विश्वास गर्दै यसका लागि लगाव, कडा मेहनत र ग्राहकहरुको सेवा र सन्तुष्टिका लागि दिइएको ध्यान कारक तत्वका रुपमा रहेको वयवसायीहरुले बताएकाछन् ।

छिटो, सजिलो र भरपर्दो सेवालाई प्राथमिकता दिएका कारण आफ्नो व्यवसाय सन्चालन गर्न थालेको २ वर्षको छोटै अवधिमा सफलता तर्फ उन्मुख हॅुदै अवार्ड जित्न समेत सफल भएको बताउॅदै वेलिंग ग्रिनग्रोसरका सन्चालकहरु भन्छन्, ‘हाम्रो स्टोर (हाइस्ट्रिट स्टोर र अनलाइन स्टोर) बाट कसैले एकपटक सामान खरिद गर्नुभयो भने हाम्रो नियमित ग्राहक नै हुने गर्नुभएको छ, हाम्रो सफलता यसमै निर्भर भएको छ ।’ वेलिंग ग्रिनग्रोसरले अनलाइन स्टोर मार्फत बेलायतभरि नै सामान डेलिभरी गर्ने गर्दछ । थप जानकारीका लागि कम्पनीको वेबसाइट भिजिट गरेर सम्पर्क राख्न सकिने व्यवसायीहरु बताउॅछन् ।

कम्पनीको वेबसाइट:

www.wggrocer.com