April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मिलन तमु र आरके गुरुङको ‘रोधीघर आँगन-३’ लोकार्पण

मिलन तमु र आरके गुरुङको ‘रोधीघर आँगन-३’ लोकार्पण

लन्डन, १२ फेब्रअरी । गोर्खा मिडियाका सञ्चालक एवं बेलायतवासी फोटो पत्रकार मिलन तमुको शब्द रचनामा रहेको मौलिक गीत ‘रोधीघर आँगन-३’ सार्वजनिक भएको छ ।

सर्जक तमुकी आमा स्व. दिलकुमारी गुरुङप्रति समर्पित गीत शनिबार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा आरके गुरुङ युट्युब च्यानलमार्फत लोकार्पण गरिएको हो । तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ (एमभिओ) को अध्यक्षता र वरिष्ठ सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठको सञ्चालन रहेको कार्यक्रममा बेलायत तथा नेपालमा क्रियाशील संस्थाहरुका अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि, बुद्धिजीवी, पत्रकारलगायतको उपस्थिति थियो । सामान्यतया औपचारिक कार्यक्रममा प्रमुख अतिथि रहने गरे पनि शनिबारको म्युजिक भिडियो विमोचन कार्यक्रममा सबैलाई समानताका लागि अतिथिको रुपमा मात्रै परिचय गराइएको थियो ।

Advertisement

कार्यक्रममा समाजसेवीसमेत रहेका सर्जक तमुले स्वागत मन्तव्य राखे भने अन्य अतिथिहरुले रोधीधर आँगन ३ को निर्माणमा संलग्न सबैलाई धन्यवाद र सफलताको शुभकामना दिएका थिए ।

शुभकामना मन्तव्य राख्दै तमुधिं नेपालका अध्यक्ष एवं गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङले मौलिक सिर्जना र त्यो पनि सर्जक मिलन तमुले आमाप्रति समर्पित गर्नुले ठूलो अर्थ राख्ने बताए । उनले गीत निकै राम्रो रहेको भन्दै सफलताको शुभकामना दिए ।

तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले राम्रो गीत बनेको भन्दै संस्था र आफ्नो तर्फबाट हृदयदेखि नै शुभकामना व्यक्त गरे । उनले मिलन तमुलगायत सबै टिमलाई प्रगति र निरन्तरताको कामना गरे ।

तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष रनबहादुर गुरुङले मिलन तमु मिहनेती, जाँगरिला र फूर्तिलो रहेको उल्लेख गर्दै गाउँघरमा प्रचलित रोधीलाई टपक्क टिपेर गीत बनाउन सफल भएकोमा बधाई तथा शुभकामना दिए । उनले रोधीघर ३ मात्रै नभई ४/५ भाग सुन्न पाउन् भन्ने अपेक्षा पनि राखे ।

यस्तै तमु समाज यूकेका अध्यक्ष शिवकुमार गुरुङले सिर्जना अत्यन्तै सुन्दर रहेको भन्दै यसले नेपाली कला, संस्कृति सदैव जीवित राख्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङले पनि गीत सबैले मन पराउने विश्वास व्यक्त गर्दै कलाकार टिमलाई बधाई तथा शुभकामना दिए ।

गोर्खा मिडियाका सल्लाहकार एवं गीतकार एकेन्द्र गुरुङले मिलन तमु बहुप्रतिभाशाली र संघर्षशील व्यक्ति रहेको भन्दै सधैं यसरी अघि बढ्न सुझाव दिए । उनले यस्ता सिर्जनात्मक र सामाजिक कामहरुमा आफू सँगसँगै रहने वचनबद्धता व्यक्त गरे ।

कार्यक्रममा कान्तिपुरका लमजुङ संवाददाता आश गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष काजी गुरुङ, क्‍वोने घोताने घोन्डे तमु समाज यूकेकी चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङ, गायक तथा संगीतकार रामकुमार (आरके) गुरुङ, पवित्रा गुरुङले मन्तव्य राखेका थिए ।

उपस्थिति हुनेहरूमा तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ, सूर्य रामचन्द्र गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष मिन साइँला गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, गोर्खाली रेडियो पोखराकी प्रबन्ध निर्देशक खिमा गुरुङ, गायिका उषा गुरुङ, पत्रकार टीकाराम तामाङलगायत थिए ।

कार्यक्रम समापन गर्दै मेजर खुशीमान गुरुङ एमभिओले आफू पनि रोधीघर आँगन गीतको छायांकनमा सहभागी हुँदा भिन्नै खालको अनुभव प्राप्त भएको उल्लेख गर्दै यो गीतले लोकप्रियता हासिल गर्ने विश्वास व्यक्त गरे । छायांकनमा कलाकारहरुको पफमेन्स देख्दा झन् प्रभावित भएको पनि उनको भनाइ थियो । उनले गीत राम्रो बनेकोमा खुशी व्यक्त गर्दै सबै टिमलाई बधाई अनि शुभकामना दिए ।

मौलिक गीत रोधीघर आँगन ३ को गत माघ १८ गते काठमाडौंको धापासीस्थित मेगा सिटी हाइटमा छायांकन गरिएको थियो । यो गीतमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमु अलावा गायक, संगीतकार आरकेको मुख्य भूमिका रहेको छ । गीतमा स्वर आरके गुरुङ/तारा श्रीस, पबित्रा गुरुङ र प्रितम गुरुङको रहेको छ भने लय आरके गुरुङले गरेका छन् । एरेन्ज तेजेन्द्र गुरुङ, छायांकन शम्भू चालिसे, निर्देशक तथा कोरियोग्राफर दिप गुरुङको रहेको छ भने नृत्यमा पश्चिमाञ्चल कल्चर ग्रुपको रहेको छ । श्रृंगार अनु गुरुङको रहेको छ । भूपू ब्रिटिस आर्मी तमु र आरके गुरुङले २०७५ सालमा रोधीघर भाग २ ल्याएका थिए ।

भिडियो हेर्न तल थिच्नुहाेस् –