May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हाङ चेम्जोङको निर्देशनमा ‘तिमी बिना’को छायांकन सम्पन्न

हाङ चेम्जोङको निर्देशनमा ‘तिमी बिना’को छायांकन सम्पन्न

काठमाडौँ । कोरियामा रहँदै आएका साहित्यकार वियोगी काइँलाको शब्द रहेको ‘तिमी बिना’मा प्रमोद खरेलले स्वर भरेका छन् । गीतमा शान्तिराम राईको संगीत र पदम राना मगरको संगीत संयोजन रहेको छ ।

वियोगी काइँलाको कथासंग्रह ‘निलो सपना’ (२०७१) प्रकाशित छ । भिडियोको निर्माण गोमा देवी चेम्जोङले गरेका हुन् । कालिन्चोक, सिन्धुपाल्चोकको फ्लिमसिटि लगायतका विभिन्न सुन्दर दृष्यहरुमा छायांकन गरिएको सो भिडियोमा सुम्निामा खापुङ र आनन सिंहलाई फिचरिङ गरिएको छ । ‘मिस पुर्वेली–२०१५’ सुम्निमाको यो दोस्रो म्युजिक भिडियो हो । उनी पेशाले नर्स हुन् । त्यस्तै आनन एक स्थापित मोडल हुन् ।

Advertisement

म्युजिक भिडियोको एक दृश्य ।

‘मिस पुर्वेली–२०१५’ सुम्निमा खापुङ यस भिडियोबाट निकै आशावादी बनेको मोडल सुम्निमा खापुङ बताउछिन् । गीतको शब्द, गायन सबैले मन जितेको हुँदा आफू यस भिडियोमा काम गर्न तयार भएको उनी बताउछिन् । ‘गीतको शब्द, संगीत, गायन सबै उत्कृष्ट छ, यो गीतले जो कसैको मन छुन्छ । स्रोता तथा दर्शकहरुको मन जित्ने कुरामा म आशावादी छु ।’, उनले भनिन् । आफूले निकै मिहिनेत गरेको हुँदा परिश्रमको फल राम्रो हुनेमा उनी ढुक्क छिन् ।

म्युजिक भिडियोको एक दृश्य ।

त्यस्तै, निर्देशक हाङ चेम्जोङले पनि भिडियो उत्कृष्ट बनेको बताए । चेम्जोङ अहिलेका व्यस्त निर्देशक हुन् । चेम्जोङको निर्देशन रहेको केहिदिन अघि सार्वजनिक भएको ‘उड्नु छ’को भिडियो अहिले चर्चामा छ । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको ‘तिमी बिना’को भिडियोको छायांकन इशाक जबेगुले गरेका छन् भने श्रृङ्गारमा सन्जु थलङ रहेकी छन् । भिडियो चाँडै नै सार्वजनिक हुने निर्माता गोमा देवी चेम्जोङले बताइन् ।