March 23, 2024, Saturday
२०८० चैत्र १०, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ढाका उद्यमी यमुना सम्मानित

ढाका उद्यमी यमुना सम्मानित

विजयपुर । ढाका उद्यमी यमुना तुम्सा सङ्यक ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सम्मानित भएकी छन् । धरान उपमहानगर पालिका र महिला सन्जाल धरान उपमहानगर समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यकममा प्रदेश १ का माननीय प्रदेश सभा सभामुख प्रदिप कुमार भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोहमा उनलाई सम्मान गरिएको हो ।

बिगत चार बर्षदेखि धरानमा चौबिसे सङ्यक ढाका उद्योग सन्चालन गर्दै आइरहेकी सङ्यकले महिला दिदिबहिनीलाई रोजगार दिनुका साथै सफल महिला व्यावसायी भएकोले सम्मान गरिएको आयोजक बताउँछन् ।

Advertisement

उनको उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब एकसय जना भन्दा धेरै महिला दिदिबहिनीले रोजगार पाईरहेका छन् । उनले आफ्नो उद्योगको हातेतानबाट उत्पादित मौलिक नेपाली ढाका कपडा नेपाल बाहेक युरोप, अ्मेरिका लगायत करिब डेड दर्जन देशहरुमा समेत नेपाली ग्राहकमाझ निर्यात गर्दै आएकी छन् । व्यावसायसँगै सामाजिक र सांस्कृतिक सेवामा समेत यमुना सक्रिय छन् ।

सम्मानित महिलाहरू एक साथ ।

बोल्ने क्रममा सम्मानले अझ सक्रिय रुपले काम गर्ने हौसला र प्रेरणा मिलेको बताउदै आगामी दिनमा महिला दिदिबहिनीको आर्थिक समृद्धिका साथै अन्य प्रेरणादायी काम गर्ने प्रतिबद्दता जनाएकी छन् ।

उक्त कार्यक्रममा उनीसँगै धरान महानगरभित्रका विभिन्न क्षेत्रमा सक्रिय अन्य महिला समेत सम्मानित भएका थिए ।
प्रमुख अतिथि प्रदेश सभा सभामुख प्रदिप कुमार भन्डारी ज्युले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिदै महिला अधिकार र आर्थिक समृध्दिका लागि राज्य प्रतिवद्द भएको बताएका छन् । उक्त कार्यक्रम महिला सन्जाल धरान उपमहानगर समितिका अध्यक्ष चेतना श्रेङको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको समापन धरान उपमहानगरका मेयर तिलक राईले गरेका थिए ।