May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यूकेमा एसएसपी खापुङको स्वागत तथा बिदाइ

यूकेमा एसएसपी खापुङको स्वागत तथा बिदाइ

आसफोर्ड(यूके) । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) चन्द्रकुवेर खापुङको यूकेमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । महिना दिने यूके भ्रमणमा रहेका खापुङको बेलायतमा रहेका संस्थाहरूले एक कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

सोमबार केन्टको आसफोर्डमा रहेको गोर्खा भान्सा घर रेष्टुरेन्टमा खापुङहाङ समाज यूके र तेह्रथुम समाज यूकेको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । तेह्रथुम समाज यूकेकका अध्यक्ष मोहन सोदेम्बाको सभापतित्वमा भएको कार्यक्रम सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए । एसएसपी खापुङलाई समाजका पूर्व अध्यक्ष एवम् कियाचु यूकेका पूर्व अध्यक्ष डम्मर सिङ्गक, कियाचु आसफोर्डका अध्यक्ष सोदीप थोप्रा, विश्व नेपाली साहित्य महासंघका पूर्व अध्यक्ष विश्वासदीप तिगेला, कियाचु यूके थामेन्दिङ्मा महिला समितिका शकुन नेम्वाङ, लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष अमित थेवे, खापुङहाङ समाजका नेम खापुङ लगायतले खदाले स्वागत तथा बिदाइ गरेका थिए । उनलाई तेह्रथुम समाज र खापुङहाङ समाजबाट सम्मानपत्र समेत प्रदान गरिएको थियो ।

Advertisement

डम्बर खापुङले स्वागत मन्तव्य दिएको कार्यक्रममा एसएपी खापुङले संक्षेपमा आफ्नो धारणा समेत राखेका थिए । गीतकार समेत रहेका खापुङले प्रवासमा रहेर पनि सामाजिक संघसंस्थामार्फत् भाषा, सँस्कृति जोगाउन साथै मानवीय कार्यमा नेपालीहरूले उल्लेख्य भूमिका खेलेको बताए । त्यस्तै, नयाँ र आउने भावी पुस्ताका लागि मूलथलोसँग गाँसिने गरी नेपालमा समेत भएका सम्पदा संरक्षण गर्न सिर्जनात्मक भूमिका खेल्न आग्रह गरे । बेलायतमा रहेका आफ्ना पूर्व गोरखा सैनिक दाजु त्रैलोक्य खापुङको अन्त्येष्टिमा सहभागी हुन उनी मार्चमा बेलायतमा आएका थिए । उनको गत फेब्रुअरी ९ तारिखमा ५९ वर्षको उमेरमा निधन भएको थियो । अन्तिम संस्कार गत मार्च १० मा गिल्डफोर्ड क्रिमेटोरियममा सम्पन्न भएको थियो । खापुङको पुख्र्यौली थलो तेह्रथुम जिल्लाको हाल मेन्छ्यायेम गाउँपालिका–६(साविक मोराहाङ–५) रहेको थियो ।