May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेक्सले नेपाली समाजको नृत्य कार्यक्रम सम्पन्न

बेक्सले नेपाली समाजको नृत्य कार्यक्रम सम्पन्न

लन्डन । बेक्सले नेपाली समुदायको पहिलो डान्स सिजनको अपार सफलता पछि पछिल्लो डान्स सिजन पनि भब्य सफलतापूर्वक समापन गरेको छ ।
२ अप्रिल २०२२ आइतबारका दिन हारिस अकैडमी को हलमा सम्पन्न यस कार्यक्रम मा तिन समुहमा नृत्य दुई एक नृत्य प्रदर्शन गरिएको थियो ।

बेक्सले नेपाली समुदायको लागि यो एक उल्लेखनीय दिन हो, यो एउटा ऐतिहासिक माइलस्टोन हो जुन हामीले आज ए-स्टार फाइनान्सियल सोलुसन युकेको सहयोगमा “सबैले नाच्न सक्छ” भन्ने थिमका साथ सिजन-२ लेडीज डान्स कार्यक्रमको फाइनल गरेका छन्। हाम्रो समुदायलाई जोड्न र रमाइलो तरिकाले काेभिड-१९ को एक्लोपन कम गर्न र शारीरिक र मानसिक रूपमा सक्रिय रहन मद्दत गर्न समेत यो लेडीज़ डान्स कार्यक्रम ले मदत गरेको छ।
बेक्सले नेपाली समुदायका सचिव होम नाथ ज्ञावली लें संचालन गरेको कार्यक्रमा संख्थाका अध्यक्ष आनंद धरेल,नृत्य शिक्षिका अपेक्षा कार्की तथा ए-स्टार फाइनान्सियल सोलुसन युकेको बाट आउनु भएका पहुनाहरूले पानसमा बत्ती बालेर कार्यक्रम सुरू गरीएको थियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष बिन्दु गुरूङ ले सबैलाई स्वागत गर्नु भएको थियो ।यस कार्यक्रम लाई सहयोग गर्नुहुने ए इस्टार लाई,पुरै नृत्य सिक्ने टोलीलाई साथै नृत्य सिकाउने शिक्षिका लागि पनि बिषेश धन्यवाद दिदै तेस्रो सिजन पनि ल्याउने प्रतिबंधता संस्था का कोषाध्यक्ष तथा यस दोस्रो नृत्य कार्यक्रम का संयोजन दीपेन्द्र सिटैलाले गर्नुभयो ।
पहिलो र दोस्रो अनुभव सुनाउदै नृत्य का सहभागी अहिल्या कुँवर ले आफुलाई आज काल यहाँ बस्दा पुरै नेपालमा बसेको अनुभव रहेको र यति दुख गरि हामीलाई नृत्य सिकाउने शिक्षिका,बेक्सले नेपाली समुदायका जसले यस्तो राम्रो कार्यक्रम मा भाग लिने मैका दियो र ए-स्टार फाइनान्सियल सोलुसन युके जस्ले आर्थिक सहयोग गरि मद्दत गर्यो सबैलाई धन्यवाद दिइन । त्यस्तै आर्को सहभागी शिलु दाहालले पनि हामीले साथीभाई परिवार पाएको छौ भन्दै सबैलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमको अन्तिममा सबैलाई खाना खुवाइएको थियो ।

Advertisement