April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लेख तथा रचना प्रतियोगिता हुँदै

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लेख तथा रचना प्रतियोगिता हुँदै

दक्षिण कोरिया । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सोलुखुम्बु जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ कविता,मुक्तक,गित,गजल बिधा र निवन्ध गरि दुई बिधामा अनलाइन लेख तथा रचना प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगितामा सहभागिता लिन सोलुखुम्बु जिल्ला भित्रका नगरपालिका , गाउँपालिका वडाहरुका प्राकृतिक , सास्कृतिक,धार्मिक पहिचानात्मक एैतिहासिकता झल्काउने आन्तरिक तथा बाहिय पर्यटकहरु लाई आकर्षित स्थानहरुलाई समेटेर कविता,मुक्तक,गित,गजल र निवन्ध लेखि उपलब्ध गरउनु पर्ने छ ।

Advertisement

यही चैत्र २६ गते बसेको सस्थाको कार्यसमितिको बैठक निर्णय अनुसार १ जेठ २०७९,आइतवार १२ बजे सम्म प्राप्त लेख तथा रचनाहरुलाई उत्कृष्ट १० छनोट गरि सस्थाले प्रकाशन गर्ने पुस्तकमा समाबेश गराईने छ भने प्रतियोगितामा प्रथम हुने बिधाका प्रतियोगीलाई नगद रु २५००० हजार रुपैयाँ प्रमाणपत्र ,ट्रफी , द्वितीय स्थान हासिल गर्नेलै नगद रु १५००० हजार प्रमाणपत्र ,ट्रफी , तृतीय स्थान हासिल गर्नेलाई नगद रु १० हजार प्रमाणपत्र ,ट्रफी पुरास्कार प्रदान गरिनेछ ।

सोलुखुम्बु जिल्लाको विभिन्न ठाउँमा प्रकृतिले दिएको अमूल्य उपहारको उचित प्रचार प्रसारले अन्तरिक पर्यटकहरूलाई सोलुखुम्बु गुम्न थप मद्दत पुग्ने भएकोले विश्वको विभिन्न कुनामा रहेको सोलुबासी लेख रचना उपलब्द गराई सहभागी हुन आयोजक संस्थाका अध्यक्ष राजु राई अनुरोध गरे ।

प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरुले पालना गर्नुपर्ने नियमहरु :

१) लेख तथा रचनाहरु लेख्दा १५० शब्द देखि २०० शब्द भित्रको हुनु पर्ने छ ।
२) लेख तथा रचनाहरु लेख्दा सोलुखुम्बु जिल्ला भित्रका नगरपालिका , गाउँपालिका वडाहरुका प्राकृतिक , सास्कृतिक,धार्मिक पहिचानात्मक एैतिहासिकता झल्काउने आन्तरिक तथा बाहिय पर्यटकहरु लाई आकर्षित पार्ने खालको हुनु पर्ने छ ।
३) लेख तथा रचना प्रतियोगितामा सोलुखुम्बु जिल्ला वासीहरुले जुनसुकै देश बाट पनि सहभागी हुन सक्ने छन ।
४) कुनै ब्यत्ति ,समुदाय ,जातीय धार्मिक , तथा राजनैतिक पार्टी हरुलाई आघात पुग्ने बिबादास्पद शब्दहरु समाबेश हुनु हुने छैन ।
५) लेख तथा रचना प्रतियोगितामा सहभागी बन्ने लेख तथा रचनाहरु 20 मे 2022, ( १ जेठ २०७९,आइतवार) १२ बजे सम्म अन्तिम रहने छ ,लेख तथा रचनाहरु यसइमेल :solukhumbusamajkorea@gmail.com मा पठाउन सक्नु हुनेछ ! यो मिति पछि आएका लेख तथा रचनाहरु प्रतिस्पर्धामा समाबेश गराईने छैन /
६) फाईनल टप १० को घोषणा कार्यक्रम 5 जुन 2022 बेलुकी भर्चुअल मार्फत हुने छ ।