May 11, 2024, Saturday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ग्लाेबल बुलियन भल्टले सेफ डिपाेजिट बक्स लिने ग्राहकलाई सुन दिने

ग्लाेबल बुलियन भल्टले सेफ डिपाेजिट बक्स लिने ग्राहकलाई सुन दिने

आसफाेर्ड(केन्ट) । महत्त्वपूर्ण सामग्री, नगद र गरगहनाका लागि सेफ डिपाेजिट बक्स सेवा उपलब्ध गराउँदै आएको ग्लाेबल बुलियन भल्टले ग्राहकलाई अब सुन प्रदान गर्ने भएको छ । अप्रिल महिनाभर डिपाेजिट बकस लिएर ग्राहक हुनेले सुन प्राप्त गर्ने भल्टले जनाएको छ ।

ग्लाेबल बुलियन भल्टकाे प्राेमाेसनल अफर ।

शनिबार अप्रिल ९ तारिखमा आसफाेर्डस्थित भल्टले सेवा सुचारू गरेको एक वर्षको उपलक्ष्यमा पहिलो वार्षिकोत्सव मनाएको थियाे । भल्टका संस्थापक एवम् प्रबन्ध निर्देशक जनक राईले अप्रिल महिनाभरि सेफ डिपाेजिट बक्स लिएर ग्राहक हुनेले एक ग्राम सुन प्राप्त गर्ने कम्पनीले घाेषणा गरेको बताए । ‘अब ग्राहकलाई दाेहाेराे खुशी दिँदैछाैँ । गुणस्तरीय, भरपर्दाे र सुरक्षित सेवा छँदैछ । हामी अप्रिल महिनाभित्र सेफ डिपाेजिट बकस खाेल्ने प्रत्येक ग्राहकलाई एक ग्राम सुन उपहारमा दिनेछाैँ,’ उनले भने । आसफाेर्डकाे हाइ स्ट्रिटकाे एल्विक राेडमा रहेको भल्टकाे कार्यालय सातै दिन खुला रहँदै आएकाे छ । निर्देशक राईले केन्टमा यस्तो सेवा दिने भल्ट एक मात्र व्यावसायिक कम्पनी रहेको जनाए । ‘खासगरी घरमा चाेरी र लुटपाटकाे घटना भइरहेको सन्दर्भमा र अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट यस्तो सेवाकाे उपलब्धता र विश्वसनीयता नभएकोले,’ उनले भने, ‘हामी ग्राहकहरू र आम नागरिकलाई भरपर्दाे सेवा दिन स्थापित भएका हाैँ । याे बेलायतकाे वित्तीय संस्था र बजार नियन्त्रण र अनुगमन गर्ने एफसीए(फाइनेन्सियल कन्डक्ट अथाेरिटी) अन्तर्गत दर्ता भएको छ ।’

Advertisement

एक ग्राहकलाई सुन प्रदान गर्दै ।

ग्लाेबल बुलियन भल्ट सन् २०२१ बाट सञ्चालनमा आएको हाे । याे नेपालीहरूद्वारा सञ्चालित पहिलो भल्ट पनि हाे । राईका अतिरिक्त उद्ममीहरू भरतमणि चाेङवाङ लिम्बु, जितेन्द्र चेम्जोङ, मेजर गुरुङहरू यस भल्टका संस्थापक सेयरहाेल्डर एवम् सञ्चालक हुन् । तीन कराेडमाथिकाे लगानीमा भल्टले ग्राहकहरूकाे आवश्यकतालाई ध्यानमा राखेर सेवा सुरु गरेको सञ्चालकमध्येका एक जितेन्द्र चेम्जोङले बताए । ‘खासगरी, नेपाली समुदायका घरहरूमा नगद, गरगहना, सुनचाँदी र धनमाल चाेरी, लुटपाटका घटना सुनिरहेका थियौं । दक्षिण एसियाली मुलुकका नागरिक र घरहरू तुलनात्मक रूपमा लुटपाटकाे केन्द्र बनेका छन्,’ पूर्व गाेरखा सैनिक एवम् रेष्टुरेन्ट सञ्चालक समेत रहेका चेम्जोङले भने, ‘हाम्रा समुदायसँगै सबैलाई भरपर्दाे, विश्वसनीय र सुरक्षित  सेवा दिन सेफ डिपाेजिट सेवा सुरु गरेकम हाैँ ।’ चेम्जोङहरूकै समूहले बेलायतमा लाेकप्रिय रहेको काेदाेकाे रक्सी लिमिटेड पनि सञ्चालनमा ल्याइसकेकाे छ । लाेकल रक्सीलाई ब्रान्डिङ गर्दै विश्व बजारमा पुर्‍याउन याे समूह तल्लीन छ ।

बायाँबाट क्रमशः संस्थापकहरू भरतमणि चाेङवाङ लिम्बु, जितेन्द्र चेम्जोङ, अवलोकन भ्रमणमा आएका एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर र प्रबन्ध निर्देशक जनक राई । स्राेत : सिलाैटी टाइम्स ।

बैंकले सामान्यतया नगद बचत, कर्जा प्रवाह र अन्य वित्तीय सेवा उपलब्ध गराउने गर्दछ । यद्यपि, सुनचाँदी, धनमाल र अन्य महत्त्वपूर्ण सामान राखेबापत् बीमा र ग्यारेन्टी भने उपलब्ध गराउँदैन । यसका साथै, भैपरी आउने सुरक्षा खतराका मामिलामा बैंक या अन्य वित्तीय संस्थाकाे सुरक्षा प्रणाली कमजोर रहेको भल्ट सञ्चालकहरू बताउँछन् । ‘बेलायतका बैंकहरू नगद बचत, ऋण दिने लिने कामका लागि उपयुक्त भएपनि महत्त्वपूर्ण सामग्री, सुनचाँदी राखेर शतप्रतिशत ढुक्क हुने स्थिति छैन,’ निर्देशक राईले थपे, ‘सामान हराएमा, नष्ट या चाेरी भएमा बीमा छैन । यस्तो सेवा भल्टले मात्रै दिन सक्छ ।’ उनले आफ्नाे भल्टमा १२ हजारदेखि ५ लाख पाउन्डसम्म सामग्रीकाे बीमाकाे सुविधा रहेको बताए । सानाे, मझाैला र ठूला छ कुने बाकसकाे सेफ डिपाेजिट बक्स मासिक १६.९९ पाउन्डबाट सुरु भएर ६४.९९ पाउन्डसम्मकाे शुल्क तिरेर सेवा लिन सकिनेछ ।

एक ग्राहकसँग एमडी राई । स्राेत : ग्लाेबल बुलियन भल्ट ।

यूरोपियन स्ट्यान्डर्डअनुसार निर्मित, परिक्षित र प्रमाणित गरिएकाे सेफ डिपाेजिट बक्स एन्टीड्रिलिङ र एन्टी एक्सप्लाेसिभ रहेकाे कारण जस्तै अत्याधुनिक हतियारसहित आए पनि छेड्न नसक्ने रहेको छ । ग्लाेबल बुलियन भल्टले आधुनिक प्रविधि अपनाउँदै प्रत्येक ग्राहकका लागि बायाेमेट्रिक प्रणालीबाट मात्रै भल्टमा जान सक्ने गरी संरचना बनाएको छ । यसले शंकास्पद ग्राहकलाई निगरानीमा राख्न मद्दत गर्नेछ । यसका साथै दुई दर्जन बढी सीसीटीभी क्यामेरासँगै नजिकैको प्रहरी र प्राइभेट सेक्युरिटी सिस्टमसँग एकीकृत रहने सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै पनि शंकास्पद गतिविधि भएको केही मिनेटभित्रै भल्टकाे कार्यालयमा सुरक्षाकर्मीकाे उपस्थिति रहनेछ ।

सञ्चालक जितेन्द्र चेम्जोङ । तस्वीर स्राेत : सिलाैटी टाइम्स ।

आसफाेर्डमा गत वर्ष मात्रै २१८ लुटपाटका घटना दर्ता भएका छन् । त्यस्तै, समग्र केन्ट काउन्टीमा ५,९७० लुटपाट भएको तथ्य क्राइमरेट डटकाे डट यूकेले जनाएको छ ।