April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाँचथर थर्पू समाज यूके अध्यक्षमा तावा

पाँचथर थर्पू समाज यूके अध्यक्षमा तावा

अल्डरसट । पाँचथर थर्पू समाज यूकेकाे अध्यक्षमा युवा सामाजिक अभियन्ता एवम् पत्रकार खुसीमान तावा निर्वाचित भएका छन् । समाजको पाँचौ अधिवेशनले तावालाई अध्यक्षमा चयन गरेको हाे ।

आइतबार अल्डरसटमा भएको अधिवेशनले तावाकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । तावा एनआरएनए यूकेका महासचिव हुन् । उनी नेफिन, फाेनिज, दिलमाया फाउन्डेसन लगायत दर्जन संस्थाहरूकाे महत्त्वपूर्ण पदमा रहेर काम गरिसकेका अनुभवी व्यक्ति हुन् । उनी बेलायतबाट सञ्चालित नेपाल मामिला डटकमका प्रधान सम्पादक समेत हुन् ।

Advertisement

सर्वसम्मत रूपमा चयन भएको समाजको पाँचौ कार्य समितिकाे उपाध्यक्षमा युवराज माबो, सचिवमा योगेन्द्र विक्रम तावा, सहसचिवमा वीरेन्द्र काम्बाङ, काेषाध्यक्षमा विमला सिगू, सहकोषाध्यक्षमा रिको तावा छन् । त्यस्तै, सदस्यहरूमा नयन तावा, नन्द सुन्दास, भीम तावा, सुरेन्द्र काम्वाङ, चन्द्र तावा, देवी तिमल्सिना र इन्द्र काम्वाङ रहेका छन् । समितिकाे कार्यकाल तीन वर्ष रहेको छ ।

अधिवेशन गराउन गठित निर्वाचन समिति मण्डल अध्यक्षमा चन्द्र सुन्दास, सचिवमा मनकुमार काम्वाङ र सदस्यमा मोहन माबो रहेका थिए । निर्वाचित कार्य समितिले चाँडै ज्येष्ठ नागरिक, युवा र महिला लक्षित कार्यक्रमहरू ल्याउने नवनिर्वाचित अध्यक्ष तावाले बताए । पान्थर जिल्लाकाे याङ्वरक थुममा अवस्थित थर्पू गाउँवासीहरूकाे साझा संस्थाका रूपमा रहेको समाजकाे स्थापना सन् २०१० मा भएको हाे ।