April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अनुग्रह ज्वेलर्स यूर्केद्धारा खोटाङको शिक्षा क्षेत्रमा सहयोग

अनुग्रह ज्वेलर्स यूर्केद्धारा खोटाङको शिक्षा क्षेत्रमा सहयोग

काठमाण्डौं । अनुग्रह ज्वेलर्स यूकेका प्रवन्ध निर्देशक सुमन राईले जिल्ला खोटाङको एउटा विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरेका छन् । गत अप्रिल ११ का दिन खोटाङ जिल्ला महेश्वरी सानो डुम्रेको ऐंसुलुखर्कमा अवस्थित श्री मयुर आधारभूत विद्यालयका २०० जना विद्यार्थीहरु प्रत्येकलाई निर्देशक राईले पाठ्यपुस्तक बोक्ने एउटा एउटा झोला र कलम बितरण गरेका हुन् ।

“यो विद्यालयसंग मेरो पुरानो नाता पनि छ । ४० बर्षअघि मैले यही स्कूलमा कखरा सिकेको हुँ । आज झण्डै २० बर्षपछि विद्यालयको प्राङ्गणमा खुट्टा टेक्न पाउँदा भावुक बनेको छु”, निर्देशक राईले बताए ।

Advertisement

उनले अनुग्रह ज्वेलर्सको तर्फबाट स्कूलका नानीहरुलाई उपहार वितरण गर्न पाउँदा खुशी लागेको बताउँदै यस प्रकारको सहयोगलाई भविष्यमा संस्थागत बनाउँदै लैजाने र उक्त क्षेत्रको शिक्षा क्षेत्रमा सानो टेवा पुर्याउने सदिच्छा राखेको पनि बताए ।

बेलायतको अल्डर्शट र पूर्वी लण्डनका प्ल्मस्टेडमा सुन तथा गहना व्यवसायमा आफूलाई स्थापित गरिसकेको अनुग्रह ज्वेलर्सले समय-समयमा समाज कल्याणका बिभिन्न कृयाकलापहरु गर्दैआइरहेको छ ।