May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल प्रेस युनियनको अध्यक्ष र महासचिबमा को को छन् दाबेदार ?

नेपाल प्रेस युनियनको अध्यक्ष र महासचिबमा को को छन् दाबेदार ?

काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नेतृत्वका लागि रस्साकस्सी शुरु भएको छ । अध्यक्ष र महासचिबमा दाबी गर्नेहरुको लर्को लागेको छ । यद्यपी, केही पत्रकारहरु भने मतबाट भन्दा पनि नेताहरुको आर्शिवादबाट चुनाव जित्ने दाबीका साथ चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्षमा दीपक आचार्य, रामप्रसाद दाहाल, शिव लम्साल, अनिता विन्दु, सरोज अधिकारी, बन्द्री सिग्देललगायतको दाबी छ । त्यस्तै प्रभावशाली मानिने महासचिब पदमा युवा पत्रकारहरुले इच्छा देखाएका छन् । महासचिबमा भीष्मराज ओझा, खिला कार्की, दिलिप पौडेल, युवराज गौतम, मधुसुधन भट्टराई, नकुल अर्याल, रमेश वाग्लेलगायतको दाबी रहेको छ ।

Advertisement

अध्यक्ष र महासचिबमा दाबी गरिरहेकाहरु सबैजना व्यवसायिक पत्रकार नभए पनि पार्टीको आर्शिवादमा चुनाव जित्ने आशाका साथ उम्मेदवारी घोषणा गरेको पत्रकारहरु बताउने गर्छन् ।

अध्यक्षमा लम्साल, आचार्य, दाहाल र सिग्देलमध्ये एक जनाले अध्यक्षमा बाजी मार्ने पत्रकारहरुले बताउने गरेका छन् । तर नेपाली कांग्रेसका नेता तथा गुटको सहयोगका आधारमा पनि अध्यक्ष चयनको टुंगो लाग्ने बताइन्छ । महासचिबमा भने हालको कार्यसमितिमै रहेका कार्यवाहक महासचिब ओझा, सचिब कार्की, केन्द्रीय सदस्य पौडेल, केन्द्रीय सदस्य एवम डिजिटल मिडिया विभागका संयोजक गौतम र केन्द्रीय सदस्य वाग्लेमध्ये एक जनाले महासचिबमा बाजी मार्ने अनुमान गरिएको छ ।

माउ पार्टीमा जस्तै युनियनमा पनि गुटगत प्रभाव देखिने गरेको छ । विगतको अधिवेशनन र देशभरका प्रतिनिधि चयनको अवस्था हेर्दा पार्टी सभापति शेर बहादुर देउवा भन्दा डा.शेखर कोइराला समूह बलियो देखिएको छ ।

प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौडामा हुँदैछ । युनियनले महाधिवेशनको तयारी तीब्र बनाएको छ । सात बर्षसम्म पटक पटक मिति तोकिएर पनि स्थलगित हुने गरेको महाधिवेशन यस पटक भने हुने निश्चित देखिएको छ ।