April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राेयल ब्रिटिस लिजन क्लबमा तीजु गुरुङ

राेयल ब्रिटिस लिजन क्लबमा तीजु गुरुङ

स्विन्डन । स्विन्डन स्थित रोयल ब्रिटिश लिजन क्लबमा सम्पन्न गुरुङ समाज स्विन्डनको हिजो आईतबार अप्रिल २४ तारिख २०२२ मा बसेको दशौं साधारण सभा तथा पाँचौ अधिबेशनले समाजको अध्यक्षमा समाजकै संस्थापक आमा समुह प्रमुख श्रीमती तीजु गुरुङज्यु लाई निर्वाचित गरेको छ ।

मध्यान्ह एक बजे देखी शुरु भएको कार्यक्रम समाजको निबर्तमान अध्यक्ष श्री सेतु गुरुङज्युको अध्यक्षतामा सुसम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन निबर्तमान उपाध्यक्ष श्री हेम गुरुङज्युले गर्नु भएको थियो। पहिलो सत्र – वार्षिक साधारण सभामा समाजको आर्थिक विवरण निबर्तमान कोषाध्यक्ष श्री याम गुरुङज्युले दिनु भएको थियो, साथै समाजकै निबर्तमान अध्यक्ष सेतु गुरुङज्युले यस बर्ष समाजले सम्पन्न गरेको बिभिन्न कृयाकलापबारे जानकारी तथा समिक्षा गर्नु भएको थियो र सुधार गर्नुपर्ने कुराहरु पनि सुझाबस्वरुप प्रस्तुत गर्नु भएको थियो । यसैमा, बिधान संशोधनबारे पनि सल्लाहकार क्याप्टन ईमान गुरुङज्युले प्रकाश पार्नु भएको थियो। त्यस्तै, दोस्रो सत्र अन्तर्गत समाजको पाँचौ अधिबेशनले आगामी कार्यकालको लागि कार्यसमिती चयन वा निर्वाचन गरेको थियो भने त्यसै गरि आमा समुह को पनि तेस्रो कार्यसमिति को चयन गरिएको थियो ।

Advertisement

बि.एफ.बि.एस. गोरखा रेडियोका पुर्व महाप्रभन्धक श्री खेम गुरुङज्यु प्रमुख निर्वाचन आयुक्त रहनु भएको निर्वाचन समितिले समाजको अध्यक्षमा श्रीमती तीजु गुरुङ, उपाध्यक्षमा क्याप्टेन पिताम्बर गुरुङ, महिला उपाध्यक्षमा श्रीमती लिला गुरुङ, महासचिबमा श्री भीम ( महेन्द्र ) गुरुङ, सहायक महसचिबमा श्री देब कुमार गुरुङ, कोषाध्यक्षमा श्री याम कुमार गुरुङ तथा सह कोषाध्यक्षमा श्री खगेन्द्र गुरुङ निर्बाचित/चयन भएको घोषणा गर्नु भएको थियो साथै नव निर्बाचित पदाधिकारीहरुलाई निर्वाचन आयुक्तज्युले शपथ ग्रहण गराउनु भएको थियो ।

त्यस्तै अधिबेशनले समाजको लागि सजिलो होस् भनी बिभिन्न क्षेत्रहरुबाट प्रतिनिधिहरु पनि चयन गरेको छ, जस अन्तर्गत श्री भरत गुरुङ- एबे मीड तथा ट्याड्पोल भिल्लेज गार्डन, श्री याम राज गुरुङ- पार्क नोर्थ, श्री मान सिंह गुरुङ- पार्क साउथ, श्री धन बहादुर गुरुङ- गोर्स हिल । त्यस्तै, समाजको संचार संयोजकमा श्री हरी सुर्य गुरुङ, मनोरन्जन तथा साँस्कृतिक संयोजकमा श्री दिपेश गुरुङ, खाना ब्यवस्थापकमा श्री लोकमान गुरुङ र जिन्सी ब्यवस्थापकमा श्री कृष्ण गुरुङलाई चयन गरेको छ ।

त्यस्तै हिजै सम्पन्न पाँचौ अधिबेशनले समाजको आमा समुहको अध्यक्षमा श्रीमती जया गुरुङ, उपाध्यक्षमा श्रीमती लक्ष्मी गुरुङ, महासचिबमा श्रीमती पिना गुरुङ, उप सचिबमा श्रीमती कुनु माया गुरुङ, कोषाध्यक्षमा श्रीमती सखी गुरुङ र सह-कोषाध्यक्षमा श्रीमती लालु गुरुङलाई निर्बाचित/चयन गरेको छ ।

नव-निर्वाचित कार्यसमितीलाई समाजका निबर्तमान अध्यक्ष श्री सेतु गुरुङज्यु र निबर्तमान आमा प्रमुख श्रीमती मीना गुरुङज्युले पुष्प र खादाले बधाई दिनु भएको थियो। नयाँ कार्यसमितीको कार्यकाल तीन बर्षको हुनेछ । । यूकेका अन्य सामाजिक संस्थाहरु जस्तै तमु समाज स्विण्डोनले पनि बिभिन्न सामाजिक परोपकारका कामहरु गर्दै आइरहेका छन।

समाजका पदाधिकारीहरू ।