April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्मृतिकाेष निर्माणका लागि कलाकार इसाराले एकल कार्यक्रम गर्दै

स्मृतिकाेष निर्माणका लागि कलाकार इसाराले एकल कार्यक्रम गर्दै

काठमाडौं । बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भ एको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न भइसकेको छ

कोभिड १९ को कारण रोकिएको ‘अल नेपाल कमेडी शो’ कार्यक्रम पुनः सुरु गर्न लागेको हास्यकलाकार गणेश ईसाराले बताए । आगामी जेष्ठ २८ गते शनिबार राष्ट्रिय नाचघर काठमाडौमा हुन गईरहेको कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा वरिष्ठ गजलकार, गीतकार साथै समाजसेवी अमर बान्तुलाई सम्मान गरिने भएको छ ।

Advertisement

२०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्दा आश्रामदेखि लिएर विभिन्न पिडितहरुलाई बचाउन र सहयोग गर्न सफल समाजसेवी कलाकार गणेश ईसाराले एकल कार्यक्रम आयोजना गरेर मृगौला पिडित हस्त बहादुर तामाङ, सिर्जना राई, कौशिका ठकुरी, ललिता चाम्लिङ सुब्बा, राजेन्द्र राईको उपचारमा आर्थिक सहयोग गरिसकेका छन् ।
आफ्नै हजुर आमाको नाममा स्मृतिकोष निर्माण गरि आउदा दिनहरुमा त्यस्तै विभिन्न भैपरि आउने दुखी, पिडितहरुको समस्यालाई सहायता दिन सकुँ भन्ने उद्देश्यले स्मृतिकोष निर्माण भएको हो । गणेश ईसराले दुर्गती गाईजात्रा, साँढेतन्त्र गाईजात्रा, सदनहल भट्टिपसल उस्तै उस्तै र भद्रगोल डड्कम जस्ता गाईजात्रे एल्बम श्रोता, दर्शक सामु ल्याईसकेका छन भने जसको बिक्रीबाट संकलित रकम आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्दै आइरहेका छन् ।