April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
शेर्पाकाे काेराेना कथा सार्वजनिक

शेर्पाकाे काेराेना कथा सार्वजनिक

काठमाडौं । अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । संस्मरणात्मक पुस्तक कोरोना कथा’ मा कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको छ ।

वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइतले पुस्तक विमोचन गर्दै कोरोना महामारीसँग जुधेको सङ्घर्षशील कथालाई सम्बोधन गरेको पुस्तकले नेपाली लेखन क्षेत्रमा आयाम थपेको बताए ।

Advertisement

नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पाफुटी शेर्पाले महामारीको सङ्घर्ष र भोगाइलाई सटिकरूपमा समेटिएको कृति धेरैका लागि सन्देशमूलक रहेको बताइन् । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले कोरोना महामारीको सचित्र पुस्तक सङ्ग्रहणीय भएको बताए ।

पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले मार्मिक ग्रन्थले महामारीको प्रभाव र जनजीवनलाई उजागर गरेको उल्लेख गरे । पुस्तकका लेखक शेर्पाले भिडियो सन्देशमार्फत कोरोना महामारीबाट ग्रसित अमेरिकाको जनजीवन, नेपाली समुदायले भोगेको समस्या र सामाजिक विषयवस्तुलाई पुस्तकमा समेटेको बताए ।