April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनप्रगतिशील मञ्चले मनायाे मजदुर दिवस

जनप्रगतिशील मञ्चले मनायाे मजदुर दिवस

लन्डन । नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च यूकेले समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएकाे छ । मे दिवसका अवसर पारेर मञ्चले आइतबार कार्यक्रम गर्दै दिवस मनाएको हाे ।

भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रम पार्टीका विदेश विभाग सह-इञ्चार्ज लक्ष्मण पन्तकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियाे । शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले संविधानकाे रक्षाका लागि पाँच दलीय गठबन्धन निर्माण भएको र प्रतिगामी तत्वलाई परास्त गर्न आउने स्थानीय निर्वाचनमा वाम लाेकतान्त्रिक शक्तिहरू मिलेर चुनाव लड्ने बताए ।

Advertisement

भर्चुअल कार्यक्रममा सहभागी नेताहरू ।

मञ्चका अध्यक्ष मान बहादुर गुरुङकाे सभापतित्वमा भएको कार्यक्रम महासचिव विमला लिम्बुले सञ्चालन गरेकी थिइन् । उपाध्यक्ष तुल छन्त्यालले संयाेजन गरेको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा रहेका थिए । त्यस्तै, प्रवास समिति सचिव टी बी पाठक, विदेश विभाग सदस्य तथा पूर्व यूराेप अध्यक्ष डा. कृष्ण अर्याल, यूरोप समिति अध्यक्ष सुरेन्द्र भुषाल, सचिव रण केसी, प्रवास समिति सदस्य एवम् पूर्व यूरोप अध्यक्ष सुरेन्द्र श्रेष्ठ, यूरोप समिति सदस्य कर्मा पहाडी शेर्पा रहेका थिए ।

संवादमा सहभागीहरू ।

बेलायत उपाध्यक्ष शेरसिंह ठकुरीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । उक्त अवसरमा यूरोप महिला संयाेजक सुषमा भुषाल, जर्मनी अध्यक्ष गाेविन्द भण्डारी, नेदरल्यान्ड अध्यक्ष सङ्घर्षशील केसी, स्पेन अध्यक्ष विशाल ढुंगाना, पूर्व युरोप सचिव गंगा भुषाल, साइप्रसकी रमिला राई, बेल्जियमबाट चित्र सुवेदी उपस्थित थिए । बेलायत उपाध्यक्ष फूलप्रसाद कँडेल, युवा संयाेजक कृष्ण खनाल, सदस्य विष्णु चालिसे, चुनाव प्रचार तथा सहयोग संयाेजक राममणि रिजाल लगायतले बाेलेका थिए । १३३ ओैँ अन्तर्राष्ट्रिय मजदुर दिवस आइतबार संसारभरका मजदुर एवम् श्रमिक संगठनहरूले भव्यतापूर्वक मनाएका छन् ।