April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल ओपन कन्सर्टकाे तयारी पूरा

नेपाल ओपन कन्सर्टकाे तयारी पूरा

लन्डन । विगत दुई वर्षदेखि काेराेना महामारीका कारण हुन नसकेको नेपाल ओपन कन्सर्ट यश वर्ष मे महिनाको अन्तिम साता हुने भएको छ । मगर सङ्घ यूकेकाे आयाेजनामा मे २८ मा कन्सर्ट हुने भएको छ ।

संघले आइतबार बेलुकी भर्चुअल पत्रकार सम्मेलन गर्दै कन्सर्टकाे अन्तिम तयारी पूरा भएको जानकारी गराएको थियोे । कन्सर्टले नेपाली सँस्कृति र कलाकाे प्रबर्द्धनसँगै नेपाली समुदायमा भातृत्व विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै सहभागी हुन सम्पूर्ण बेलायतवासी नेपालीहरूलाई सङ्घकी अध्यक्ष सीता पुनले आग्रह गरिन् । ‘याे कुनै एक समुदाय र संस्थाको नभएर सबै नेपालीको हाे । हामी सबैलाई सहभागी भएर धित मरुञ्जेल मनाेरञ्जन लिन निम्तो दिन्छौं,’ अध्यक्ष पुनले भनिन् ।

Advertisement

पत्रकार सम्मेलनमा सहभागीहरू ।

अल्डरसटछेउकाे फानबाेराे फुटबल रंगशालामा हुने कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् । त्यस्तै, हाल बेलायत र यूराेप भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन पनि आउनेछन् । १४ ओैँ संस्करणमा ह्याम्प्सायर काउन्टी काउन्सिलका काउन्सिलर, रसमाेर बराे काउन्सिलका मेयर, काउन्सिलरहरू लगायत पनि सहभागी हुनेछन् ।

कन्सर्टमा सहभागी हुन भ्वाइस अफ नेपालकी उपविजेता तारा श्रीस युके आउने भएको प्रमुख संयाेजक एवम् उपाध्यक्ष लाल पुनले जनाए । उनीसँगै चर्चित गायक प्रकास सपूत, नेपाल आइडल सिजन ४ को विजेता भूपेन्द्र थापा, नृत्याङ्गना रीना थापामगर, वाद्यवादक हेमन्त रसाइली समेत आउने कुरा उनलेे जनाए । कलाकारहरु मंगलबार लन्डन उत्रने छन् ।

कन्सर्टमा तीन हजार बढी दर्शकहरुको सहभागिता रहने संयोजक लाल पुनले बताएका छन् । च्यारिटीको रुपमा दर्ता भएको संघले कन्सर्टबाट आयआर्जन हुने रकमलाई च्यारिटीमा समेत दिने जनाएको छ । कार्यक्रमकाे लागत ३० हजार पाउन्ड माथि रहने अध्यक्ष सीता पुनले जनाइन् ।
पत्रकार सम्मेलनको अध्यक्षता मगर संघ युकेकी अध्यक्ष सीता पुनले गरेकी थिइन् भने संचालन महासचिव गुमानसिं थापाले गरेका थिए ।