May 3, 2024, Friday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
माङसाहाङ लिम्बु पहिलो अपाची पाइलट बन्दै

माङसाहाङ लिम्बु पहिलो अपाची पाइलट बन्दै

लन्डन । ब्रिटिस सेनामा सेवारत माङसाहाङ लिम्बु पहिलाे पटक अपाची हेलिकप्टर पाइलट बन्ने भएका छन् । कठिन मानिने एयर आर्मी काेर्प्सकाे अपाची हेलिकप्टर पाइलट बन्ने उनी पहिलो नेपाली समेत हुनेछन् ।

फाेर्सेस नेटले उल्लेख गरेअनुसार काेर्प्सले गत फेब्रुअरी महिनामा पाइलट बन्ने न्यूनतम याेग्यतामा हेरेफेर गरेपछि ब्रिटिस आर्मीकाे एयर ट्रुपरमा कार्यरत लिम्बुले आवेदन दिएपछि छनाेट भएका थिए । ३० वर्षमुनिकाे उमेरभित्र भइसक्नुपर्ने प्राइभेट पदका लागि एयरट्रुपर लिम्बुले कठिन काेर्षका लागि छनाेट भएका थिए । उनी अहिले वन एभिएसन ब्रिगेडमा सिग्नलर छन् ।

Advertisement

अपाची हेलिकप्टर ।

आक्रमण गर्न प्रयोग गरिने बमवर्षक अमेरिकी माेडलकाे अपाची हेलिकप्टर ब्रिटिस सेनाले समेत प्रयाेग गर्छन् । हेलिकप्टरकाे मूल्य मात्रै छ देखि १३ कराेड डलरसम्म पर्छ ।

‘जब म बाल्यकालमा थिएँ । म जन्मिएको नेपालका पहाडमा हेलिकप्टर उडेको देख्थेँ,’ उनले भने, ‘हेर्दा राेचक लाग्थ्याे । तर, धेरै पैसा लाग्ने र शिक्षा चाहिने हुनाले पूरा हुन कठिन हुन्छ भनेर कहिल्यै साेच पलाएन ।’

‘याे एउटा ठूलो सपना हाे । पूरा भएको छ,’ लिम्बुले थपे, ‘कुनै पनि नेपालीले अहिलेसम्म अपाची पाइलट उडाएका छन् । मैले उडाउन सफल भए मेरा लागि नभएर सबैका लागि खुसीको कुरा हुनेछ ।’