April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पान्थरकाे फालेलुङ स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित

पान्थरकाे फालेलुङ स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित

फालेलुङ । पान्थरको फालेलुङ गाँउपालिका ३ स्थित नाम्लुवा भञ्ज्याङको मेमेङ स्वास्थ्य चौकीमा भएको स्वास्थ्य शिविरबाट ३ सय बढी लाभान्वित भएका छन् ।

पान्थरस्थित गणेशमान सिंह सामुदायिक हस्पिटल फिदिमको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिबिरमा ३ सय १४ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिएका छन् ।

Advertisement

शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धि बिशेषज्ञ सेवा, आँखा जाँच, मुख तथा दन्त रोग सम्बन्धी जाँच, निःशुल्क भिडियो एक्सरे, इसीजी सेवा, निःशुल्क रगत तथा पिसाबको परीक्षण र निःशुल्क औषधी वितरण गरिएको थियो ।

शिबिरबाट एक सय ५० भन्दा बढीले हाडजोर्नी, नशा तथा बाथरोग सम्बन्धि बिशेषज्ञ सेवा पाएको विशेषज्ञ डाक्टर रुपेशमान शेरचनले जनाए । आँखा उपचारका लागि फिदिम आँखा उपचार केन्द्रले सहयोग गरेको थियो । झण्डै सय जनाले आँखा उपचार गराएको बताईएको छ । त्यस्तै गरी दाँतको उपचारका लागि मानव डेन्टल हस्पिटल फिदिमले सहयोग गरेको थियो । दाँतको उपचार गराउनेको संख्या पनि उल्लेख्य भएको बताइएको छ । शिविर फालेलुङ गाँउपालिकासँगको समन्वयमा पूर्वेली युवा समूह फालेलुङ ३ ले संयोजन गरेको हो ।