May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एस्टारकाे झन्डा सगरमाथा फहराइयाे

एस्टारकाे झन्डा सगरमाथा फहराइयाे

लन्डन ।बेलायतमा सञ्चालित एक प्रतिष्ठित व्यापारिक प्रतिष्ठान एस्टार फाइनान्सियल सोल्यूसन्सको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ ।

सगरमाथामा झण्डा फहराउँदै गुरुङ । साथमा विश्व चर्चित आराेही निर्मल पूर्जा मगर ।

हाल बेलायती सेनामा कार्यरत सैनिक तेजन गुरुङले सो झण्डासगरमाथाको चुचुरोमा पुर्याएका हुन् । उनले ए स्टारसँगै ब्रिगेड अफगोर्खाज क्रिकेट क्लवको झण्डा पनि शिखरमा पुर्याएका छन् । एस्टार सो क्रिकेट क्लवको प्रायोजक रहेको छ ।

Advertisement

कीर्तिमानी पर्वतारोही निम्स पुर्जाको पर्वतारोहण कम्पनी एलाइटएक्सपिडिसन्सबाट गुरुङले सगरमाथा आरोहण गरेका हुन् । उनीनिम्स पुर्जासँगै सगरमाथा शिखरमा पुगेका हुन् । सगरमाथाआरोहणपछि गुरुङ, विमल पुर्जा र निम्स पुर्जाले ल्होत्सेको पनि सँगैआरोहण गरेका छन् ।
ए स्टार फाइनान्सियल सोल्यूसन्सका प्रिन्सिपल चार्टर्ड फाइनान्सिलएडभाइजर मीन दर्लामीले ए स्टारको लोगो सगरमाथाको चुचुरोमापुग्दा गर्व लागेको बताए । उनले बेलायतमा एक दशकदेखिग्राहकहरुलाई व्यावसायिक सेवाका साथमा समुदायकोसशक्तीकरण र युवाहरुलाई उत्प्रेरणाका लागि सहयोग गर्दैआएकोमा यसबाट अझै थप सहयोग गर्न हौसला मिलेको बताए ।
उनले विश्वको सर्वोच्च शिखरमा ए स्टारको झण्डा फहराएजस्तैग्राहकलाई पनि उच्चस्तरको सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए।