May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आसफाेर्डमा भ्वाइस अफ नेपाल-२ का विजेता राम लिम्बुले आउँदै

आसफाेर्डमा भ्वाइस अफ नेपाल-२ का विजेता राम लिम्बुले आउँदै

आसफाेर्ड । भ्वाइस अफ नेपाल सिजन दुईका विजेता राम लिम्बु(फागाे) शनिबार बेलायतको आसफाेर्डमा आउँदैछन् । आफ्नाे साङ्गीतिक भ्रमणका क्रममा उनी केन्टकाे आसफाेर्डमा आयाेजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुने भएका हुन् ।

कार्यक्रमकाे पाेस्टर ।

सुनगाभा इन्टरटेन्टमेन्टकाे प्रस्तुतिमा हुने म्युजिक कन्सर्ट ब्रुकफिल्ड राेडमा रहेको सेन्ट साइमन चर्चमा हुनेछ । उनीसँगै गायिका सञ्जु माेक्तान पनि सहभागी हुनेछिन् । चर्चित युट्युब भ्लगर एवम् माेडल सिर्जना निङ्लेकूले सञ्चालन गर्ने कार्यक्रमलाई आसफाेर्डमा सामाजिक अभियन्ता डम्मर सिङ्गकले संयाेजन गर्दैछन् । सिङ्गक सगरमाथा गाेरखा नेपाली समाज आसफाेर्डका वरिष्ठ उपाध्यक्ष हुन् । कार्यक्रम बेलुकी ६ बजेबाट सुरु हुनेछ ।

Advertisement

काेच प्रमाेदसँग भ्वाइस अफ नेपाल सिजन दुईकाे ट्रफी जितेपछि ।

सयाैँ सहभागी हुने अपेक्षा गरिएको कार्यक्रममा राम लिम्बुले भ्वाइस अफ नेपालमा प्रतिस्पर्धाका दाैरान गाएका र त्यसपछि रेकर्ड गरेका आफ्ना गीतहरू प्रस्तुत गर्नेछन् । झापाकाे बिर्तामोडका लिम्बुले टिम प्रमाेदबाट प्रतिनिधित्व गर्दै तीन वर्षअघि भ्वाइस अफ नेपालकाे उपाधि जितेका थिए । उनलाई नेपालबाहिर रहेको मुलुकहरूमध्ये बेलायतबाट पनि अत्यधिक मत आएको कारण धन्यवाद ज्ञापन गर्न बेलायत आइपुगेको सिङ्गकले बताए । राम लिम्बुसहितकाे टाेली सन् २०२० काे सुरुवातमा आए पनि काेराेना महामारीका कारण कन्सर्ट बीचमै रद्द गरेर स्वदेश फिरेका थिए ।