May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निर्मल पूर्जालाई एमबीई मेडल प्रदान

निर्मल पूर्जालाई एमबीई मेडल प्रदान

लन्डन । विश्व कीर्तिमानधारी आराेही निर्मल पूर्जा मगरलाई मेम्बर अफ ब्रिटिस एम्पायर(एमबीई) मेडल प्रदान गरिएको छ । सन् २०१८ मै पदक पाउने सूचीमा रहेपनि बिहीबार विन्डसर क्यासलमा उनलाई साे सम्मानले विभूषित गरिएको थियोे ।

आराेही निर्मल पूर्जा मगर ।

ब्रिटिस नेपाली नागरिक पूर्जाले सन् २०१६ मा गाेरखा एक्सपिडिसनकाे उद्दारमा खेलेको भूमिका र सन् २०१७ मा आठ हजार मिटर हिमालहरू चढेबापत् महारानी एलिजावेथ द्वितीयकाे जन्मदिनको अवसरमा एमबीई प्रदान गरिने घाेषणा भएको थियोे । ३८ वर्षीय आराेहीले याे उपलब्धिलाई श्रीमती सूची, परिवार, साथीभाइसँगै पर्वताराेहीहरूकाे समुदायप्रति समर्पित गरेका छन् । उनले गत साल सात महिनाभित्र आठ हजार मिटरका सबै १४ हिमशिखरहरूकाे सफलतापूर्वक आराेहण गरेर सबैभन्दा छिटाे आराेहण गर्ने कीर्तिमान कायम गरेका थिए ।

Advertisement

निम्स दाइ उपनामले परिचित पूर्जा मगर पूर्व ब्रिटिस गाेखा सैनिक समेत हुन् । उनी राेयल नेभीकाे स्पेसल बाेेट सर्भिसमा कार्यरत थिए । उनले पेन्सन आउनु केही समयअघि मात्रै पर्वतारोहणकाे रुचिका कारण सेनाकाे जागिर छाडेर हिमाल चढ्न लागेका थिए ।