February 2, 2023, Thursday
२०७९ माघ १९, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पान्थरसहित देशका २२ जिल्ला पहिरोको उच्च जोखिममा

पान्थरसहित देशका २२ जिल्ला पहिरोको उच्च जोखिममा

फेदेन । पान्थरसहित यो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपदका घटना हुन थालेका छन् । जिल्लालाई उच्च र जोखिमयुक्त भनेर वर्गीकरणसमेत गरिएको छ ।

पान्थर, खोटाङसहित ५३ जिल्ला पहिरोको जोखिममा छन् । तीमध्ये २२ जिल्ला पहिरोको उच्च जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । पहिरो, भल वाढीको उच्च जोखिम रहेका जिल्ला हरुमा पानथर, इलाम, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी हुन् । खोटाङसहित अरू ३१ जिल्ला पहिरोको जोखिम सूचीमा छन् ।

Advertisement

यसपालिको मनसुनमा औसतदेखि धेरै पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले यसअघि अनुमान गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका बेला हुनसक्ने बाढी पहिरोसहित सबैखाले विपद्बाट अनुमानित १८ देखि २० लाख जनसङ्ख्या प्रभावित हुनसक्ने आँकलन पनि गरेको छ ।

सरकारको यो तथ्याङ्कलाई आधार मान्दा यस वर्षको मनसुनमा बाढीरपहिरोका कारण मात्रै पाँच लाख जनाभन्दा धेरैलाई उद्धार वा राहतको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार हिमाल र पहाडका धेरैजसो जिल्लामा पहिरो र तराईरमधेस क्षेत्रमा बाढीको जोखिम छ । महाशाखाले यस विषयमा सतर्क हुन भनिसकेको छ ।

फालेलुङ पहिरोमा बेपत्ता तीनै जना मृत भेटिए

पाँचथरको फालेलुङ गाउँपालिका–७, बिहिदिनमा शुक्रबार राती पहिरोले घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु भएको छ । पहिरोले घर बगाउँदा बेपत्ता बनेका ४२ बर्षीय रुपलाल मगर शनिबार नै मृत भेटिएका थिए । उनकी श्रीमति ३८ बर्षीया गोमा मगर र भतिजि १९ बर्षीया एशिला मगरलाई पनि मृत अवस्थामा भेटिएका हुन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले स्काभेटरको सहयोगमा उनीहरुको खोजीकार्य गरेका थिए ।