April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मेयर साम्पाङलाई एक लाखबराबरकाे खानेपानी पाइप हस्तान्तरण

मेयर साम्पाङलाई एक लाखबराबरकाे खानेपानी पाइप हस्तान्तरण

धरान । धरानको खानेपानी समस्या समाधानका लागि मेयर हर्क साम्पाङले सुरु गरेको अभियानका लागि १ लाख ६ हजार रुपैयाँ बरावरको पाइप सहयोग प्राप्त भएको छ । युके रहँदै आएकी धरान–३ निवासी विष्णुकुमारी चेम्जोङ थेगिम र उनको परिवारले उक्त रकम बरावरको ६ इन्चे पाइप मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरमा विष्णुकुमारी चेम्जोङ थेगिमको भतिजी आशा लिम्बुले मेयर साम्पाङलाई पाइप हस्तान्तरण गरेकी हुन् ।

Advertisement

खानेपानी समस्या समाधानको अभियानमा देश विदेशमा हुने सबैले साथ सहयोग गरेकोमा आफूलाई ज्यादै खुसी लागेको बताउँदै मेयर साम्पाङले प्राप्त पाइपहरू आपगाँछीस्थित खर्दु खोलाको मुहानबाट पानी ल्याउन प्रयोग गरिने बताए । यसपटक खर्दु खोलामा पानीको पोखरी बनाएर पानी सङ्कलन गर्ने आफ्नो योजना रहेको मेयर साम्पाङले बताए ।