April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ल्युकेमियाबाट पीडित बालक बचाउन भन्दै सहयोगका लागि आह्वान

ल्युकेमियाबाट पीडित बालक बचाउन भन्दै सहयोगका लागि आह्वान

दमक । गायक तथा संगीतकार दिलिप आङ्देम्बेले आफ्नो २३ महिने छाेरा शक्तिलाई बचाउन सार्वजनिक रूपमा अपिल गरेका छन् । शरीरमा सेताे काेषिकाे मात्रा बढी भएर लाग्ने दुर्लभ राेग एक्युट माइल्वाेइड ल्युकेमियाबाट पीडित बालक शक्तिलाई उपचार खर्चको अभाव भएपछि सार्वजनिक रूपमा अपिल गरेकम हुन् ।

“२३ महिने बालक शक्ति लिम्बु बचाउँ अभियान” सुरु गरेर उपचार खर्च उठाउन थालनी गरेको सर्जक एवम् अभियान संयाेजक इक्साहाङ चेम्जोङले बताए । आमा समेत गुमाएका बालककाे यतिबेला कान्ति बाल अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । ‘डाक्टरका भनाई अनुसार उक्त क्यान्सर ठिक पार्न निकै रकम लाग्ने भएकोले र सो रकम जुटाउन बुवा एक्लैको कुनै स्थिति नभएको दयनीय अवस्थामा हामी देश विदेशमा रहेकाहरुले सल्लाह गरी शक्ति लिम्बुलाई बचाउन रकम जुटाउन अभियान शुरु गरेका छौँ,’ संयाेजक चेम्जोङले भने, ‘यो हाम्रो अभियानमा तपाईंहरुले पनि साथ दिनु हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ ।’

Advertisement

पान्थर जिल्लाकाे फाल्गुनन्द गाउँपालिका वडा नं. ७ का बासिन्दा दिलीप यतिबेला खर्च अभावका कारण आफ्नो छाेरा बचाउन सबैलाई गुहारिरहेकाे चेम्जोङले बताए । उनलेइच्छुक र दानी महानुभावहरुले बिरामीको दिलिप आङ्देम्बेको बैंक खातामा रबम जम्मा गर्न सक्ने जनाए । दिलीपकाे हिमालय बैंकमा दिलीप कुमार आङ्देम्बेकाे नाममा ००२१०२४३६२००१७ काे खाता नम्बर रहेको बताए । उनलाई ९८१५९१८०८४ सम्पर्क गरेर पनि सहयोग प्रदान गर्न सकिनेछ ।

कान्ति बाल अस्पतालकाे सिफारिस पत्र ।

नेपालकाे संयाेजन गरिरहेका इक्साहाङ चेम्जोङले सम्पर्क गर्दै सहयोग गर्न विभिन्न मुलुक र नेपालका ठाउँहरूमा संयाेजकहरू ताेकिएकाे बताए । जसअनुसार दक्षिण कोरिया संयाेजकमा हाङ्सेम् केरुङ, यूके संयाेजकमा अमित थेबे, अमेरिका संयोजकमा विवश बेनाम, साउदी अरब संयोजकमा सुमन सहयात्री छन् । त्यस्तै, संगीता सुहाङ (काठमाडौ), सुनिल आङ्बो (काठमाडौ), सुरज मादेन (काठमाडौ), भगीराज राई (पान्थर), जगत आङ्देम्बे (पान्थर), गोविन्द साँवा (छथर), मनु लिम्बु (दमक) र उदय नेम्बाङ (काठमाडौं) छन् । चेम्जोङले अन्य इच्छुक महानुभावहरूलाई समेत अभियानमा जाेडिएर शिशुको जीवन रक्षा गर्न अपिल गरे ।

ल्युकेमियाकाे प्रकारहरूमध्ये सबैभन्दा घातक एक्युट माइल्वाेइड ल्युकेमियालाई मानिन्छ । ल्युकेमियाबाट डाइगाेनाइज्ड भएको मध्ये २९.५ प्रतिशत मात्रै जीवित रहने सम्भावना भएको चिकित्सकहरू बताउँछन् । यद्यपि, उपचार पाएर निकाे हुने सम्भावना पनि कायमै रहेको उनीहरू जनाउँछन् ।