June 28, 2025, Saturday
२०८२ असार १५, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एफएनजे पत्रकारिता पुरस्कार पाेख्रेल र रानाभाटलाई

एफएनजे पत्रकारिता पुरस्कार पाेख्रेल र रानाभाटलाई

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाद्धारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष पत्रकारद्धय खेमराज रानाभाट र नवीन पोखरेललाई दिइने भएको छ।

पुरस्कार छनोटका लागि शाखाद्धारा गठित स्वतन्त्र समितिको सिफारिशको आधारमा रानाभाट र पोखरेललाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ प्रदान गरिने शाखाले जनाएको छ।

Advertisement

हिमालखबरमा प्रकाशित ‘बेलायती गोर्खा सैनिक अब आफ्नो कथा, आफ्नै कलम’ शीर्षकको स्टोरीका लागि रानाभाट तथा कान्तिपुरमा प्रकाशित ‘बेलायतका विमानस्थलबाट फर्काइंदै नेपाली विद्यार्थी’ शीर्षकको स्टोरीका लागि पोखरेललाई पुरस्कार सिफारिश गरिएको हो ।

पुरस्कारका लागि छनोट भएका दुवै पत्रकारलाई सम्मानपत्रका साथ २ सय ५१ पाउण्ड नगदसहित पुरस्कृत गरिने छ ।

आइतबार लन्डनमा आयोजना हुने शाखाको दशौं वार्षिकोत्सव तथा स्थापना दिवस समारोहमा पुरस्कार वितरण गरिने जनाइएको छ ।

पुरस्कारका लागि सिफारिश हुने रानाभाट पत्रकार महासंघ बेलायत शाखाका वर्तमान सचिव हुन् । पछिल्लो समय हिमालखबरका लागि बेलायतबाट रिपोर्टिंग गर्दै आएका उनी युरोपबाट सञ्चालित नेपाली वेभका सम्पादक पनि हुन् ।

त्यस्तै, पुरस्कारका लागि छनोट हुने पोखरेल विगत डेढ दशक बढिदेखि बेलायतका लागि कान्तिपुर संवाददाताका रुपमा सक्रिय छन् । बेलायतबाट सञ्चालित नेपाली लिंकका प्रधानसम्पादक रहेका उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष समेत हुन्। पोखरेल यसअघि एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार, साहित्य विकास परिषद पत्रकारिता पुरस्कारलगायतबाट पनि सम्मानित भइसकेका छन् ।

यस वर्षको एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ छनोटका लागि शाखाका सल्लाहकार भगीरथ योगी, प्राध्यापक डा तेजेन्द्र फेराली, डा ओम गौतम, संगीता मरहट्ठा र डा सुमाया राई सम्मिलित पुरस्कार छनोट समिति गठन गरिएको थियो। समितिमा संयोजकको भूमिका योगी र डा फेरालीले गरेका थिए।

पुरस्कारका लागि प्राप्त आवेदनहरुको मूल्यांकनपछि छनोट समितिले उत्कृष्ट स्टोरीका आधारमा शाखालाई सिफारिश गरेको हो । समितिको सिफारिशमा एक र दुई नम्बरमा परेका स्टोरीलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरिएको शाखाले जनाएको छ ।

शाखाले गत वर्ष स्थापना गरेको पुरस्कार पहिलो वर्ष पत्रकार श्रीभक्त खनालले प्राप्त गरेका थिए ।