April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
खोटाङ सेवा समाज यूकेले बृहत्त भेटघाट तथा सांस्कृतिक कार्यक्रम गर्ने

खोटाङ सेवा समाज यूकेले बृहत्त भेटघाट तथा सांस्कृतिक कार्यक्रम गर्ने

लन्डन । खोटाङ सेवा समाज युकेले वार्षिक भेटघाट कार्यक्रमको साथै बृहत्त सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । अगस्ट २० तारिखको दिन बेजिङस्टोक स्थित कार्णिभल सभाहलमा उक्त कार्यक्रम गर्न लागिएको संस्थाले जनाएको छ । संस्थाद्धारा वर्षेनी आयोजना गर्दै आइरहेको वार्षिक भेला कोभिड–१९ को कारण केही वर्षदेखि हुन सकिरहेको थिएन । 

बेलायतवासी खोटाङ्गेहरू वर्षमा एकपटक जम्मा भएर भेटघाट गर्ने र आपसमा भलाकुसरी गर्ने अवसरको लागि आयोजना गरिने कार्यक्रमलाई थप उपलब्धिमूलक र मनोरन्जनको लागि नेपालबाट केही कलाकारहरू झिकाउने र यूकेको कलाकारहरूको  भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने संस्थाका अध्यक्ष डा. प्रमोद कोयी राईले बताए । कार्यक्रममा बेलायतवासी युवा खोटाङ्गेहरू बाट शिक्षा, खेलकुद र अतिरिक्त क्षेत्रबाट  उत्कृष्ट एकजनालाई नव प्रतिभा पुरस्कार द्धारा सम्मान गरिने छ । सम्मानमा रनिङ शिल्ड र प्रोत्साहनको लागि केहौ नगद राशी रहेको छ । उच्च शिक्षा हासिल गरेका र अन्य क्षेत्रमा उच्च सफलता प्राप्त गरेका  व्यक्तिहरूलाई पनि कार्यक्रममा सम्मान गरिने भएको छ । साथै बेलायतमा विभिन्न व्यापार व्यावसाय गरिरहेका खोटाङ्गेहरूलाई पनि यसपटक सम्मान गरिने जनाएको छ । 

Advertisement

कार्यक्रमकाे ब्यानर ।

यस संस्थाले गत वर्षको कोभिड–१९ को समयमा ‘अक्सिजन पठाऔँ आफन्तको ज्यान बचाऔ’ भन्ने कार्यक्रम सञ्चालन गरेर बेलायतवासी खोटाङ्गेहरू तथा गैर खोटाङ्गेहरूबाट २४ लाख भन्दा बढी रकम संकलन गरेर दुई चरणमा अक्सिजन सिलिण्डर, एक्सरे मेसिन र अन्य धेरै मेडिकल सामानहरू खोटाङ्को जिल्ला अस्पताल र हेल्थपोष्टहरूमा वितरण गरेर धरै कोभिड बिरामीहरूको ज्यान जोगाएको थियो भने अझ पनि जिल्लावासीले उपचार पाइरहेका छन् ।  संस्थाले अर्को वर्ष बेलायतमा रहेका खोटाङ्गे डाक्टरहरूको एक टोलीले खोटाङ्को गाउँहरूमा ‘हेल्थ क्याम्प’ सञ्चालन गर्ने योजना रहेको छ । संस्थाका अध्यक्ष डा. प्रमोद कोयी राई स्वंय एनएचएस चिकित्सक भएकाेले ‘हेल्थ क्याम्प’ प्रभावकारी हुने बताउँछन् । यस कार्यक्रम अन्तर्गत जिल्लाको विभिन्न गाउँहरूमा स्वास्थ शिविर सञ्चालन गरेर जनचेतनामूलक कार्यक्रम गरिने छ भने गाउँलेहरूलाई प्राथमिक उपचार गरिनेछ । यहीँ समयमा ‘यूथ भिजिट खोटाङ्’ अन्तर्गत युवा तथा बालबालिकाहरूलाई पनि खोटाङ्को बिभिन्न ठाउँहरूको भ्रमण गराउने कार्यक्रम रहेको संस्थाले जनाएकोछ ।

सन् २००७ सालमा स्थापना भएको खोटाङ सेवा समाज युकेले सन् २०१५ सालमा खोटाङ्गको विभिन्न गाउँहरूमा सात एम्वुलेन्स वितरण गरेको थियो । व्यवस्थापन कमजोर भएकोले केह एम्बुलेन्स बिग्रिए पनि अधिकांश एम्वुलेन्सहरू सञ्चालनमा रहेका छन् । 

खोटाङ सेवा समाज यूकेले जिल्लावासीको लागि खोटाङ प्रतिभा पुरस्कार र खोटाङ नागिक सम्मानद्धारा खोटाङ्गेहरूलाई पुस्कृत र सम्मानित गर्दै आइरहेको छ । विगतमा खोटाङ्ग जिल्लामा बाडी पहिरो तथा विपदको समयमा पनि सहयोग गर्दै आईरहेको छ ।