May 9, 2024, Thursday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
क्विन्स मेडल च्याम्पियन २०२२ प्रेम घलेबारे केही कुरा

क्विन्स मेडल च्याम्पियन २०२२ प्रेम घलेबारे केही कुरा

✍️ धन घले

बेलायतमा गत जून १८-२३ मा परब्राइट भन्ने ठाउँमा बिस्ले सुटिङ वा डिफेन्स अपरेसनल सुटिङ(बिस्ले)प्रतियोगिता सम्पन्न भएको थियो । जसमा ब्रिटिस आर्मीबाट छानिएर अन्तिम चरणमा ४५-५२ वटा टिमले सहभागी जनाएका थिए ।

Advertisement

प्रतियोगिताको अन्तिम नतिजा १ आरजीआरले प्रथम भएर कप जित्यो र एकल स्पर्धामा क्वीन्स मेडल १आरजीआरकै घले राजा आर्मी नम्बर ३००४७६९१ हवलदार धन घले(प्रेम)ले हात पार्न सफल भएका छन् ।

◾️धन घले (प्रेम) को हुन?

गण्डक प्रदेशको घले जातिको थलो मानिएको भूकम्प केन्द्र बारपाक, गोरखा, बारपाक सुलीकोट गाऊपालिका वार्ड २ का वीरहरुका वीर भीसी गजे घलेका सन्तान वा डाँगे घले – जिब्रा खलकका बिर्खराज र लालकुमारी घलेको कोखबाट सन् १९८७ (वि.सं. २०४४)सालमा जन्मेका ४ भाई छोरामा साईला छोरा हुन् धन (प्रेम )घले ।

बाल्यकालदेख़ि नै बन्दुक हान्नमा, डोको घाँसदाउरा गर्ने, पौडी खेल्नेमा रुची, मिहेनती, इमान्दार र बुद्धिमानी भएका धन (प्रेम) घले गाउँकै हिमालय मावि हुँदै पासाड ल्हमू शेर्पा कलेज काठमाडाैँमा दस जाेड दुई सकेर वनस्थलीबाट बीबीएस् प्रथम वर्ष उत्रिन गरी सन् २००८ मा ब्रिटिस आर्मीमा छनोट भए । उनी हाल १ आरजीआर पल्टनमा कार्यरत छन् ।

कोभिड-१९ भन्दा अघि पनि यो प्रतियोगितामा हरेक वर्ष प्रथम हुन नसके पनि तेस्राेसम्म भएको अनुभव धन( प्रेम) घले बताउँछन् । हवलदार धन (प्रेम )घले अहिले एक छोरा एक छोरी र श्रीमतिका साथ केन्टकाे डाेभरमा बस्दै आएका छन् ।उनलाई सम्पूर्ण घले परिवारबाट र सिंगो घले जातिबाट शुभ-कामना र बधाई छ ।

हाल : बेलायत