April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

माेरङ । प्रदेश नम्बर एक सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ ।

बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डागोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा. केआर खम्बु (झापा(लाई सम्मानित गरिएको हो । त्यस्तै, प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मानबाट मनु मञ्जिल (सुनसरी), गाेबर्द्धन तामाङ (उदयपुर), विजय श्रेष्ठ (इलाम), भरत गुरागाईं (मोरङ), ममता गिरी (सुनसरी), गोपाल देवान (सुनसरी), बीर बहादुर लाप्चा (इलाम), हरि कट्टेल (सोलुखुम्ब), मानसिंह थुलुङ (इलाम), महेन्द्र राई (सुनसरी), जयन्तीरमण कण्ठ (सुनसरी) र नवराज वर्तमान (भोजपुर) लाई सम्मानित गरिएको हो ।

Advertisement

त्यसैगरी, नवोदित भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मान पुरस्कारबाट लीला अनमोल (झापा), यसोदा कुमारी लम्साल (सुनसरी), चेतन आङ्थुपो (इलाम), मधुराज केरुङ (पाँचथर) र विमला चिमोरिया (झापा) सम्मानित तथा पुरस्कृत भएका हुन् । सम्मानित स्रष्टा, कला, साहित्य र संस्कृतिकर्मीलाई प्रदेश एकका मूख्यमन्त्री राजेन्द्र राई लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा पुर्‍याएकाे योगदानको आधारमा उनीहरुलाई सम्मानित तथा पुरस्कृत गरिएको प्रदेश एककाे पर्यटन तथा संस्कृति मन्त्रालयले जनाएको छ ।