April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
म यहाँ भेट्न आतुर छु !!

म यहाँ भेट्न आतुर छु !!

✍️ शान्ति लिम्बु

कविता

Advertisement

एक प्यासी प्यासी यात्री जस्तै
तिमीलाई पाउन म हरदम हिडन तयार छु।

▪️▪️▪️

एक निरन्तर बगिरहन नागबेली नदिजस्तै
तिमीलाई पाउन हरदम बगिरहन पनि तयार छु ।

▪️▪️▪️

तिमीलाई कहिले भेटुला? सुनन सुनन !!
तिमीलाई कहिले भेटुला?
म यहाँ भेट्न् आतुर छु !!

▪️▪️▪️

कति विश्वासहरु टुटे,
कति बीचमै छुटे,
कति सम्बन्धहरु गासिए,
कति वसन्तहरु पार गरिए ,
तिमीलाई पाउने आशामा ।

▪️▪️▪️

तिमीलाई कहिले भेटूँला ? सुनन सुनन !!
तिमीलाई कहिले भेटूँला ?
म यहाँ भेट्न् आतुर छु !!

▪️▪️▪️

एक प्यासी प्यासी यात्री जस्तै
तिमीलाई पाउन म हरदम हिडन तयार छु।

▪️▪️▪️

एक निरन्तर बगिरहन नागबेली नदीजस्तै
तिमीलाई पाउन हरदम बगिरहन पनि तयार छु ।

▪️▪️▪️

कति दोभानहरु फुटे,
कति बीचमै सुके,
कति भेल बनी आए
कति खहरे बनी गए
तिमीलाई पाउने आशामा ।

▪️▪️▪️

तिमीलाई कहिले भेटूँला? सुनन सुनन !!
तिमीलाई कहिले भेटूँला?
म यहाँ भेट्न आतुर छु !!

▪️▪️▪️

फार्नबाेराे, ह्याम्प्सायर, यूके