April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मनिषा आचार्यको छोरी उपन्यास सार्वजनिक

मनिषा आचार्यको छोरी उपन्यास सार्वजनिक

काठमाडौं । पान्थरकी मनिषा आचार्यको छोरी सार्वजनिक भएको छ । फिदिम १२ बाट जीवनयात्रा सुरु गरेकी अखिल(क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं १ की उपाध्यक्ष मनिषा आचार्यद्वारा लिखित पहिलो कृति छोरी उपन्यास शनिबार पर्यटन बोर्डको हलबाट सार्वजनिक भएको छ ।

अखिल(क्रान्तिकारी) केन्द्रीय कमिटीको आयोजनामा भएको बिमोचन कार्यक्रमका बीचमा उक्त कृतिको माओबादी नेतृ उर्जा,जलस्रोत र सिंचाई मन्त्री पम्फा भुषाल,क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह,समालोचक सन्तोष परियार, सञ्चारिका समुहकी अध्यक्ष तथा साहित्यकार बिमला तुम्खेवा लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

Advertisement

महिलामाथि भएका अनेक उत्पीडन,विभेद र उनीहरुका संघर्षसँग जोडिएका सम्वेदना,सहानुभूति,काहालीलाग्दा उथुलपुथुल,प्रेरणा र हौसलाको आश्चर्य जनक जम्काभेटलाई कलात्मक ढंगले समेटिएको २८५ पृष्ठको छोरी उपन्यासलाई शंखमुल काठमाडौंको लाइफ रिसर्च एण्ड पव्लिकेशन प्रालिले प्रकाशित गरेर पाठकसामु ल्याएको हो ।

अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रम सबै वक्ताले लेखिका आचार्यलाई समाजमा दविएका आवाजहरु र गुम्सिएका पीडालाई सुन्दर शब्दसहित बाहिर ल्याएकोमा सम्मान गर्दै आगामी लेखनयात्रा निरन्तरताको कामना र अझ परिकृत कृतिको अपेक्षा समेत गरेका थिए ।

आफ्नो पहिलो कृतिको सार्वजनिक करण कार्यक्रममा उपस्थित भएर आफूलाई अझ हौसला र उत्साह दिनु हुने उपस्थित सबैलाई लेखिका आचार्यले आभार तथा धन्यबाद दिइन् ।