April 15, 2024, Monday
२०८१ बैशाख ३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एसईईकाे नतिजा सार्वजनिक

एसईईकाे नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले एसइई नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ९ हजार ६ सय ३३ जनाले ४ जिपिए ल्याएका छन् । परीक्षामा कुल ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए।

कोरोनाका कारण २ वर्षपछि कक्षा १० का विद्याथीैले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा गत वैशाखमा भौतिक परीक्षा दिएका हुन् । शैक्षिक सत्र २०७६२०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

Advertisement

नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिने जनाइएको छ।