September 14, 2025, Sunday
२०८२ भाद्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनप्रगतिशील मञ्च बेलायतको भेटघाट तथा परोपकारी कार्यक्रम

जनप्रगतिशील मञ्च बेलायतको भेटघाट तथा परोपकारी कार्यक्रम

लन्डन । नेपाली जनप्रगतिशील मञ्च बेलायतले भेटघाट तथा परोपकारी कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रको प्रवास संगठनका रूपमा रहेको मञ्चले आफ्नो आवधिक कार्यक्रमअन्तर्गत परोपकारी कार्यक्रम राखेको हो ।

शनिबार रेडिङमा मञ्चको यूरोप समन्वय समितिका सचिव रण खाती क्षेत्रीको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो । त्यस्तै, कार्यक्रममा प्रवास समन्वय समिति सदस्य सुरेन्द्र श्रेष्ठ, सल्लाहकार एवम निवर्तमान अध्यक्ष सुरेश गौतम, नेपाल आदिवासी जनजाति महासङ्घ यूके अध्यक्ष एवम् सल्लाहकार कर्मा पहाडी शेर्पा, प्रवासी नेपाली मञ्च अध्यक्ष सुरेन्द्र थपलिया, नरहाङ राई, गेसो केन्द्रीय उपसभापति क्षेत्रकला राई, नेपाल चलचित्र महासंघ बेलायत संयोजक देवीमाया पुन, सत्याग्रह संघर्ष समितिका अभियन्ता ज्ञानराज राई, अन्फोका सदस्य डा. गंगा दाहाल, न्यूलक्ष्मी ज्वेलर्सका निर्देशक लक्ष्मी राई, बेलायत छन्त्याल संघका पूर्व अध्यक्ष वीर छन्त्याल लगायत उपस्थित थिए ।

Advertisement

कार्यक्रमकाे एक झलक ।

मञ्चका अध्यक्ष मान बहादुर गुरूङको अध्यक्षतामा र महासचिव विमला लिम्बुकोे सञ्चालनमा भएको कार्यक्रममा शेरसिंह ठकुरीले स्वागत मन्तव्य दिएका थिए । त्यस्तै, कार्यक्रम संयोजक तुल छन्त्यालले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । परोपकारी कार्यक्रमबाट पाँच हजार पाउन्ड बढी सङ्कलन भएको कर्मा पहाडी शेर्पाले बताए । कार्यक्रममा राफल ड्रको चिठ्ठा पनि खेलाइएको थियो ।