July 27, 2024, Saturday
२०८१ श्रावण १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मिम्हाङ्माको म्युजिक भिडियोको प्रिमियर सो सम्पन्न

मिम्हाङ्माको म्युजिक भिडियोको प्रिमियर सो सम्पन्न

आसफोर्ड । सञ्चारकर्मी एवम् मोडल सिर्जना निङ्लेकूको नयाँ गीति म्यूजिक भिडियो ‘मिम्हाङ्मा’ को प्रिमियर भएको छ । आफ्नो जन्मदिनको अवसरमा आइतबार आसफोर्डमा भएको एक कार्यक्रमबीच गीतको प्रिमियर सो भएको हो ।

निङ्लेकूकै प्रस्तुति र निर्माणमा बनेको गीतको म्युजिक भिडियो सुल्तान इधिङ्गोले निर्देशन गरेका हुन् । अहिलेकी चर्चित गायिका सुनिता थेगिमको स्वरमा रहेको गीत सञ्वीव पारदर्शीले लेखेका हु्न् । गीतमा निङ्लेकू र उनका श्रीमान् परशुरामले अभिनय गरेका छन् । साथमा, सुव्रिना लिम्बु, सञ्जीव राई पारदर्शी, सविना लिम्बु, रेकिना सुब्बा, रञ्जु लिम्बु र कामना राईहरूले समेत अभिनय गरेका छन् । भिडियोमा सहछायांकन मितेश गुरुङ, श्रङ्गार सविना लिम्बु र भेषभूषा सिर्जना ढाका फेसनको रहेको छ । गीत शुक्रबार सिर्जना निङ्लेकूको युट्यूब च्यानलबाट सार्वजनिक हुँदैछ ।

Advertisement

भिडियोकाे पाेष्टर ।

ट्याप ट्याप सेन्डकी सृष्टि गुरूङले गीतले पूर्वका समुदाय र सँस्कृति बुझ्न सहयोग पुगेको बताइन् । आफ्नो व्यावसायिक संस्थाले गीतमा सहकार्यमा गर्न पाउँदा खु्शी लागेको जनाइन् । त्यसैगरी, कियाचु यूकेका पूर्व अध्यक्ष एवम् सगरमाथा गोर्खा नेपाली समाज आसफोर्डका वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले गीतको भिडियो उत्कृष्ट बनेको दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । भिडियोबारे सञ्चारकर्मीहरू आकाश सुनुवार, अमित थेवे, खोटाङ समाज यूकेका डा. प्रमोद कोयु राई, गीतकार पारदर्शीले आफ्नो धारणा राखेका थिए । गीतको परियोजनाबारे निङ्लेकूले बोल्दै गीतले आफ्नो जीवनको पाटोलाई उजागर गरेको बताइन् । कार्यक्रममा गीतको भिडियो निर्माणमा महत्वपूर्ण योगदान दिनेहरूलाई प्रशंसा पत्र पनि वितरण गरिएको थियो ।

नायिका निङ्लेकूसँग प्रिमियर साेमा उपस्थित अतिथिहरू ।

प्रिमियर साे र जन्मदिनको उत्सवसहितकाे भिडियो यहाँ हेर्नुहाेस् –