April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रधानमन्त्री नै पार्टी फुटाउन लागेको प्रचण्डको दाबी

प्रधानमन्त्री नै पार्टी फुटाउन लागेको प्रचण्डको दाबी

काठमाण्डौँ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी संकटमा रहेको दाबी गरेका छन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी बैठक चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता हुनुले पार्टी संकटमा परेको बताएका हुन् ।

Advertisement

उनले भने, ‘पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।’ प्रधानमन्त्री नै पार्टी फुटाउन लागेको भन्दै अध्यक्ष प्रचण्डले ओलीले देशभर कार्यकर्ताद्धारा जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएको आरोप समेत लगाए ।

उनले केही व्यक्तिको चोचोमोचो मिलेर मात्रै पार्टी अघि बढ्न नसक्ने भन्दै विचार र सिद्धान्तबाट मात्रै अघि बढ्ने बताए ।