May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बाढी पहिरो व्यवस्थापनका काम गर्ने सरकारको निर्णय

बाढी पहिरो व्यवस्थापनका काम गर्ने सरकारको निर्णय

काठमाण्डौँ – बाढी पहिरो र डुबान समस्या रोकथामका लागि बजेट व्यवस्थापन हुने भएको छ ।  ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

आपतकालीन अवस्थामा दैवी प्रकोप नियन्त्रणका लागि छुट्टै बजेट व्यवस्था नहुँदा बाढीपहिरो नियन्त्रण प्रभावकारी नभएको गुनासो आएपछि मन्त्री पुनले सरोकारवालाहरुको बैठक बोलाएका हुन् ।

Advertisement

बैठकले तत्कालका लागि गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रोकथामका काम रोक्ने निर्णय बैठकले गरेको छ ।

आपतकालीन बजेट तथा सबै जिल्लामा संघीय सरकारको सिंचाइ विभाग अन्तर्गतका निकायको अभावमा जोखिम न्यूनीकरणको काम गर्न नसकिएकाले वैकल्पिक व्यवस्था गर्न लागिएको उनले बताए ।