April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालमा आज थप  १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौँ – नेपालमा शुक्रबार कोरोना भाइरसका १ सय ३३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

Advertisement

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ३ सय ८३ रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । देशभर शुक्रबार मात्र १०७ जना निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना मुक्त हुनेको कुल संख्या १२ हजार ९ सय ४७ पुगेको छ ।