April 11, 2026, Saturday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मौसमः आज र भोली कम पानी पर्ने, सोमबार रातिदेखि मनसुन सक्रिय हुने

मौसमः आज र भोली कम पानी पर्ने, सोमबार रातिदेखि मनसुन सक्रिय हुने

काठमाण्डौ -आउने सोमबारदेखि रातिदेखि मनसुन फेरि सक्रिय हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

आज र भोलि थोरै पानी परेपनि पर्सि सोमबार रातिदेखि फेरि देशका विभिन्न ठाउँमा ठूलो पानी परेर बाढी र पहिरोको जोखिम रहेको भन्दै पूर्व तयारी र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्। 

Advertisement

मौसमविद् मन्जु बासीकाअनुसार सोमबार रातिदेखि मनसुनी न्यूनचापीय क्षेत्र नेपाल नजिकै आउने देखिएको छ । मनसुनी न्यूनचापीय क्षेत्र नेपालको दक्षिणी भेगमा रहेकाले कम पानी परेको हो।