May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फ्रेन्च कप फुटबलको उपाधि पिएसजीले जित्यो

फ्रेन्च कप फुटबलको उपाधि पिएसजीले जित्यो

काठमाण्डौ – पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ ।

राति भएको खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १ शून्यले हराउँदै पिएसजीले फ्रेन्च कप फुटबलको उपाधि जितेको हो । 

Advertisement

उसको जितमा खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो । ३१ औं मिनेटमा रातो कार्ड खाएर पेरिन मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो।

पिएसजीले १३ औं‌ पटक कपको उपाधि जितेको हो । यो खेलका लागि रङ्गशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो ।