April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८५ हजार भन्दा बढी

ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८५ हजार भन्दा बढी

काठमाडौं – करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार १७८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८५ हजार ३८५ पुगेको हो ।

Advertisement

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा शनिबार बिहान यो समाचार तयार पार्दासम्म २३ लाख ४८ हजार २०० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ७६ हजार १२९ जनामा संक्रमण पुष्टि भएको छ ।