May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा किन थाहा पाउनुभएन ?: ओली निकट नेता पोखरेल

आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा किन थाहा पाउनुभएन ?: ओली निकट नेता पोखरेल

काठमाडौं– नेकपामा पछिल्लो समय विवाद पेचिलो बन्दै गएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको नयां राजनीतिक नक्साबारे दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री निकट नेताले विरोध जनाएका छन् ।

प्रधानमन्त्री निकट स्थायी समिति सदस्य शंकर पोखरेलले प्रचण्डको अभिव्यक्तिको सामाजिक संजाल फेसबुकमार्फत विरोध जनाएका छन् । उनले कालापनी क्षेत्रको सिमा विवाद पुरानै भएको भन्दै आफु प्रधानमन्त्री हुंदा नक्साको कुरा था नपाउनेले अहिले उहांले होइन मैले हो भन्न कसरीको सकेको भन्दै विरोध गरेका छन् ।

Advertisement

उनले नीति तथा कार्यक्रम ल्याउने दिन बसेको सचिवलायको वैठकमा नेताहरुले नक्सा जारी प्रकाशित गर्नुपर्छ भनेर भनेको त्यसपछि प्रधानमन्त्रीले त्यहिबाट मुख्यसचिवलाई फोन गरेर थप्न लगाएको बताएका थिए ।