April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना संक्रमणको संकामा  किमले गरे आपतकालीन अवस्था घोषणा

कोरोना संक्रमणको संकामा किमले गरे आपतकालीन अवस्था घोषणा

साउन ११, दक्षिण कोरियाबाट आएका एक व्यक्तिमा कोरोना हुन सक्ने भन्दै उत्तर कोरियाले सीमा क्षेत्रको एक शहरमा आपतकालीन अवस्था घोषणा गरेको छ।

अवैध तरिकाबाट सीमा पार गरेका व्यक्ति संक्रमित हुन सक्ने भन्दै नेता किम जोङ उनले केसोङ सहरमा लकडाउन तथा आपतकालीन अवस्थाको घोषणा गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।  क्रुर भाइरस देशमा छिरेको हुनसक्ने भन्दै किमले आपतकालीन रूपमा पार्टी पोलिटब्युरोको बैठकसमेत डाकेका छन्।

Advertisement

ती व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भए उनी उत्तर कोरियाको पहिलो आधिकारिक संक्रमित हुनेछन्। तीन वर्ष अघि उत्तरबाट दक्षिण कोरिया भागेका उनी यही जुलाई १९ मा सीमानजिकको केसोङ शहरमा भेटिएका थिए। उनमा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले  जनाएको छ।

ती व्यक्तिको कोरोनाभाइरसको परीक्षण गरिएको छ वा छैन भन्ने खुलाइएको छैन।

उनको नाक, मुख, घाँटीको श्वाव र रगतको मेडिकल जाँचबाट भने कोरोना भाइरसको टुंगो नलागेको समाचारमा जनाइएको छ।

कोरोनाभारइरस पहिलो पटक देखिएको चीन र पछिल्लो समय धेरै संक्रमित देखिएको रूससँग उत्तर कोरियाले सीमा बन्द गरिदिएको छ। अहिलेसम्म उत्तर कोरिया कोरोनाभाइरसमुक्त रहेको त्यहाँका अधिकारीहरूले दाबी गर्दै आएका थिए।