April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रञ्जन कोइराला प्रकरण: प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

रञ्जन कोइराला प्रकरण: प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

साउन – सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको एक फैसला पुनरावलोकन गर्ने भएको छ । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश फैसला पुनरावलोकन हुने भएको हो ।

न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको आइतबार बसेको पूर्ण इजलासले उक्त फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको छ ।

Advertisement

सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

यसअघि कोइरालालाई पत्नी गीताको हत्या गरेको पुष्टि भएपछि जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेपछि नागरिकस्तरबाट विरोध सुरु भएको छ ।

सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भए पछि प्रधानन्यायाधीशको राजीनामा माग्न थालिएको छ ।