April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
खेल बाँकी हुँदै युभेन्टसले जित्यो इटालियन लिग सिरी ए को उपाधि

खेल बाँकी हुँदै युभेन्टसले जित्यो इटालियन लिग सिरी ए को उपाधि

इटाली   । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो आवद्ध क्लब युभेन्टसले इटालियन लिग सिरी ए को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा साम्पदोरियालाई २–० ले हराउँदै लगातार ९औं पटक सिरी ए को उपाधि जित्न सफल भएको हो । 

युभेन्टसले लिगका दुई खेल बाँकी छँदै उपाधि हात पारेको छ । साम्पदोरियामाथि २–० को जित निकाल्ने क्रममा पहिलो हाफको अभिरिक्त समयमा रोनाल्डोले गोल गरी अग्रता बनाएका थिए । खेलको ६७औँ मिनेटमा फेडेरिको बेर्नार्देस्की अर्काे गोल गरे ।

Advertisement

मोर्टेन थोर्स्बीले दुईवटा पँहेलो कार्ड पाएर ७७औं मिनेटमा मैदान छाड्न बाध्य भएपछि साम्पदोरिया १० खेलाडीमा सीमित भएको थियो । खेलको अन्तिमतिर युभेन्टसले पेनाल्टी पाएकोमा रोनाल्डोले त्यसलाई गोलमा परिणत गर्न सकेनन् । 

३६ खेलबाट ८३ अंक बनाएर युभेन्टस लिग बिजेता बनेको हो । दोस्रो स्थानमा रहेको इन्टर मिलानको समान खेलबाट ७६ अंक मात्रै छ। 

कोरोना महामारीपछि सुचारू भएको खेलमा मात्रै १० गोल गर्न सफल भएका रोनाल्डोले यस लिगमा ३१ गोल गरे । उनीभन्दा ३ गोल बढी गरेका चौथो स्थानमा रहेको लाजिओका किरो इमाबोलीले गोल्डेन बुट जित्न सफल भए । 

२०११/०१२ को सिजनदेखि युभेन्टसले मात्रै लगातार यस लिगको उपाधि जित्दै आएको छ ।