May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने

कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिने भएको छ ।

प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते  प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ ।

Advertisement

चार वर्षको यो अवधिमा घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्दै घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्‍याएका छन् ।

काठमाडौँका मुख्य क्षेत्रमा विद्युतको तारलाई भूमिगत गराइदै छ भने रुग्ण आयोजनाको निर्माण सम्पन्न भएको तथा विद्युत चुहावट घटाएर प्राधिकरणको सुधारका लागि घिसिङले महत्वपूर्ण योगदान गरेका छन् ।

प्राधिकरणको नेतृत्व रिक्त हुनै लाग्दा कतिपयले नयाँ कार्यकारी निर्देशकका लागि  लबिङसमेत सुरू गरेको बुझिएको छ ।