April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुलुकका केही नदी र खोलामा आकस्मिक बाढी आउन सक्नेः सतर्क रहन मौसमविद्को आग्रह

मुलुकका केही नदी र खोलामा आकस्मिक बाढी आउन सक्नेः सतर्क रहन मौसमविद्को आग्रह

काठमाण्डौ – आज नारायणी, पूर्वी राप्तीलगायत नदीमा पानीको बहाव बढेको छ । 

प्रदेश १ मा कन्काई नदीको जलसतह बढेको छ । यस्तै गण्डकी प्रदेशका साना खोलाहरुमा पनि आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

Advertisement

महाशाखाले अबको तीन दिन देशभरकै प्रमुख तथा मझौला नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा पानीको बहाव सतर्कता आसपास हुने र केही साना नदीमा खतरा आसपास पुग्न सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

आज र भोलि कोशीका केही साना सहायक नदीमा बहाव सतर्कता आसपास पुग्ने सम्भावना छ । यस्तै कन्काई, कमला, वाग्मतीका केही सहायक नदीमा बहाव सतर्कता आसपास हुने सम्भावना छ । 

इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सप्तरी, सिराहालगायतका प्रदेश २ का जिल्लाहरुमा आकस्मिक बाढी आउने सम्भावना भएको महाशाखाले जनाएको छ ।