May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

एजेन्सी – अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् ।

सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो। उक्त घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जनाएको छ। 

Advertisement

घाइते सैनिकहरुको सैनिक शिविरमा उपचार भइरहेको छ। स्थानीयबासीले तालिबानको आक्रमणका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन्।

हेल्मान्ड प्रान्तमा तालिबानको प्रभाव अत्यधिक रहेको छ ।