May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निलम्बित गिरीको ठाउँमा सिटौला बनिन् सांसद

निलम्बित गिरीको ठाउँमा सिटौला बनिन् सांसद

काठमाडौ – लिला सिटौला जनता समाजवादी पार्टीका तर्फबाट सांसद बनेकी छन् । सिटौलालाई  जनता समाजवादी पार्टीले सरिता गिरीको ठाउँमा प्रतिनिधिसभा सदस्य (सांसद) बनाएको हो।

निर्वाचन आयोगले सिटौलालाई पार्टीको सिफारिसमा निर्वाचित भएको घोषणा गरेको छ। सर्वोच्च अदालतले गिरीको  पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनको ठाउँमा सिटौलालाई सांसद चयन भएको घोषणा  निर्वाचन आयोगले गरेको हो ।

Advertisement

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै जनता  समाजवादी पार्टीको असार २३ गतेको पदाधिकारी बैठकले सांसद गिरिलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

पार्टीका महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलले गिरीलाई कारवाही गर्न सिफारिससहित पार्टीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।