April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मन्त्री ढकालले भने- ‘कोरोना नियन्त्रणकालागि सरकारले गरेको प्रयासबारे नकरात्मक प्रचार भयो’

मन्त्री ढकालले भने- ‘कोरोना नियन्त्रणकालागि सरकारले गरेको प्रयासबारे नकरात्मक प्रचार भयो’

काठमाडौं– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयासहरुलाई नकारात्मक रुपमा प्रचारबाजी गर्ने काम भइरहेको बताएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको १३१ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि सरकारले सीमित स्रोत साधनका बाबजुत पनि प्रभावकारी रुपमा काम गरेको भएपनि नकारात्मक टिकाटिप्पणी र प्रचारबाजी भइरहेको बताए ।

Advertisement

जनता र राष्ट्रप्रतिको जवाफदेहितालाई मध्यनजर गर्दै सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियामा नै राम्रो भएको मन्त्री ढकालले दाबी गरे ।

उनले कोरोना महामारी नियन्त्रणको विषयलाई राजनीतिक नबनाउन आग्रह गर्दै कोरोनाले कुनै पार्टी वा जात नभन्ने बताए ।

उनले कोरोना महामारीलाई अन्त्य गर्न सबै एकतावद्ध भएर लड्न आवश्यक रहेको पनि बताए ।