April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेकपा स्थायी कमिटी बैठक आज फेरि बस्दै

नेकपा स्थायी कमिटी बैठक आज फेरि बस्दै

काठमाडौं–पटक–पटक स्थगितभैरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक आज फेरि बस्दैछ। यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो।

पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ। सहमतिका प्रयासहरु भए पनि सफल हुन सकेको छैन।

Advertisement

आज पनि स्थायी कमिटी बस्नुअघि दुई अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर सहमतिको प्रयास गर्ने बताइएको छ।